सार्वजनिक यातायात प्राधिकरण सञ्चालनमा ल्याइने, काठमाडौंमा मेट्रो र मोनोरेल

काठमाडौं । सार्वजनिक यातायात प्राधिकरण सञ्चालनमा ल्याइने भएको छ । आगामी आर्थिक वर्ष २०८२/८३ को बजेट सार्वजनिक गर्दै उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले प्रदेश स्तरबाट सवारी चालक अनुमति पत्र वितरण हुने व्यवस्था मिलाइने बताए । 

काठमाडौं उपत्यकाको सार्वजनिक यातायातलाई आधुनिक र व्यवस्थित गर्न मेट्रो रेल, मोनोरेल सञ्चालन विकल्पको सम्भाव्यता अध्ययन गरिने उनले बताए । साथै, अस्थायी पैठारी हुने सवारी तथा ढुवानीका साधन,  ठूला सवारी साधनमा भन्सार लागेपछि प्रदेश र स्थानीय तहले थप शुल्क वा महसुल लिन नपाउने उनको भनाइ छ । 
 

Share News