डिलक्ससहितका पाँचतारे होटलको संख्या २१४, २९ क्यासिनो सञ्चालनमा

काठमाडौं । चालु आर्थिक वर्ष २०८१/८२ को फागुनसम्ममा देशभर डिलक्ससहितका पाँचतारे होटलको २१४ पुगेको छ । आर्थिक सर्वेक्षण २०८१ अनुसार फागुनसम्ममा उक्त संख्यामा डिलक्ससहितका पाँचतारे होटल रहेको पाइएको हो । त्यसैगरी, तारेस्तर बाहेकको डिलक्स/लक्जरी हेरिटेज बुटिक होटलसहित पर्यटक स्तरीय होटल, लज तथा रिसोर्टको संख्या १ हजार ३६४ पुगेको छ । २०८० फागुनसम्ममा सो संख्या १ हजार २३४ रहेको थियो ।

आर्थिक सर्वेक्षणअनुसार रिसोर्ट तथा डिलक्ससहितका तारे होटलमा रहेका शैयाको सङ्ख्या चालु आर्थिक वर्षको फागुनसम्म २० हजार ३ सय ४३ पुगेको छ । यस्ता होटलबाहेक पर्यटक स्तरीय डिलक्स/लक्जरी हेरिटेज बुटिक होटल, लज तथा रिसोर्टमा रहेका शैयाको सङ्ख्या चालु आर्थिक वर्षको फागुनसम्म पाँच हजार २ थप भई ४२ हजार २ सय ९९ पुगेको छ ।

२०८१ फागुनसम्म क्यासिनो ९ र आधुनिक मेशिन वा उपकरणको माध्यमवाट मात्र खेल खेलाउने क्यासिनो २० गरी २९ सञ्चालनमा रहेका छन् ।  २०८१ असारसम्म यस्तो सङ्ख्या २६ रहेको थियो ।

फागुनसम्म ट्राभल एजेन्सी ४ हजार ९६३, ट्रेकिङ एजेन्सी ३ हजार २५२ र रÞ्याफ्टिङ एजेन्सी ९७ दर्ता भएका छन् । त्यसैगरी, यस अवधिसम्म पर्यटक यातायात सेवा १५५, टुर गाईड ५.२६९, ट्रेकिङ्ग गाईड २७ हजार १ सय २८ र रिभर गाईड ४२५ दर्ता भएका छन् ।

Share News