काठमाडौं । काठमाडौंको डिल्ली बजार पिपल बोट चोकको सडकमा गुडिरहेको बस भासिएको छ ।
रत्नपार्कतर्फ जाँदै गरेको बा ५ ख ४२ ६२ नम्बरको बस गुडिरहेको बेला भासिएको हो ।
सडक भासिएर चक्का फसेपछि बस कोल्टे परेको छ । लगत्तै यात्रुहरू बाहिर निस्किएका थिए ।
नजिकै रहेका ट्राफिक प्रहरीहरू आएर बसलाई त्यहाँबाट हटाउन समन्वय गरिरहेका छन् । बुधबार राति भएको अविरल वर्षाका कारण सडक कमजोर भएको अनुमान गरिएको छ।








