डिशहोम इन्टरनेटको ब्रान्ड एम्बेसेडरमा दिव्या रायमाझी

काठमाडौं । डिशहोम इन्टरनेटले अभिनेत्री दिव्या रायमाझीलाई ब्रान्ड एम्बेसेडर नियुक्त गरेको छ । यो सहकार्यको औपचारिक घोषणा डिशहोमको कर्पोरेट कार्यालयमा आयोजित एक कार्यक्रममार्फत गरिएको हो ।

सम्झौतामा डिशहोम इन्टरनेटका तर्फबाट मुख्य बजार अधिकृत संजय प्रसाद राजभण्डारी र अभिनेत्री रायमाझीले हस्ताक्षर गरे ।

'डिजिटल कनेक्टिभिटीलाई प्रविधिमा मात्र सीमित नराखी नयाँ पुस्ताको प्रेरणासँग जोड्ने प्रयासमा छौं,' डिशहोमले भनेकाे छ, 'दिव्या रायमाझी युवाको आत्मविश्वास र डिजिटल भविष्यको प्रतीक हुन् ।'

सो अवसरमा रायमाझीले भनिन्, 'डिशहोम इन्टरनेटजस्तो द्रुत गतिमा अगाडि बढिरहेको ब्रान्डको प्रतिनिधित्व गर्न पाउनु गर्वको विषय हो । यो केवल ब्रान्डको सहकार्य होइन, लाखौं नेपालीसँगको डिजिटल यात्राको सुरुवात हो ।'

डिशहोम इन्टरनेटले हाल ३ लाख ५० हजारभन्दा बढी ग्राहकलाई इन्टरनेट सेवा प्रदान गर्दै आएको छ । ‘माई डिशहोम’ मोबाइल एपमार्फत कम्पनीले ग्राहक सेवा स्मार्ट र सहज बनाएको जनाएको छ।

रायमाझीसँगको सहकार्यबाट डिशहोम इन्टरनेटले युवा पुस्तासँगको सम्बन्ध अझ प्रगाढ बनाउने र डिजिटल पहुँचलाई जनस्तरसम्म विस्तार गर्ने दीर्घकालीन लक्ष्य लिएको कम्पनीले जनाएको छ।

Share News