काठमाडौं । सरकारले विज्ञापन बोर्डको कार्यकारी अध्यक्षमा लक्ष्मण हुमागाईंलाई नियुक्त गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले हुमागाईंको नियुक्ति गर्ने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङले जानकारी दिए ।
सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले वैशाख ५ गते सार्वजनिक सूचना प्रकाशित गरी अध्यक्ष पदका लागि आवेदन आह्वान गरेको थियो ।
हुमागाईं यसअघि पनि सोही बोर्डको चार वर्षसम्म नेतृत्व सम्हाली सकेका व्यक्ति हुन् ।