मन्त्रिपरिषद् बैठकले गर्यो ४ जना सचिवको सरूवा

काठमाडौं । सरकारले चार जना सचिवहरूको सरुवा गरेको छ । सोमबार राति बसेको मन्त्रिपरिषद् बैठकले विभिन्न मन्त्रालय र निकायमा सचिवहरूको जिम्मेवारी हेरफेर गर्दै सरुवा गर्ने निर्णय गरेको हो ।

स्वास्थ्य मन्त्रालयका सचिव हरिप्रसाद मैनालीलाई नागरिक उड्डयन मन्त्रालयमा सरुवा गरिएको छ । त्यस्तै शिक्षा मन्त्रालयका सचिवलाई उपराष्ट्रपतिको कार्यालयमा पठाइएको छ भने उपराष्ट्रपतिको कार्यालयका सचिव लोकनाथ पौड्याललाई शिक्षा मन्त्रालयमा सरुवा गरिएको छ ।

स्वास्थ्य मन्त्रालयमा प्रदेश सरकारका सचिव महादेव पन्थलाई ल्याउने निर्णय पनि गरिएको छ ।

साथै, मन्त्रिपरिषद्ले राष्ट्रिय कृषि अनुसन्धान परिषद् (नार्क) को कार्यकारी निर्देशकमा कृष्ण तिम्सनालाई नियुक्त गर्ने निर्णय गरेको छ ।

Share News