रोजगारी सृजनामा योगदान पुर्‍याएको भन्दै होटल संघ नेपाल श्रम मन्त्रालयबाट सम्मानित

काठमाडौं । राष्ट्रिय श्रम तथा रोजगार सम्मेलन २०८१ का सह-आयोजकका रूपमा सक्रिय भूमिका निर्वाह गरेको भन्दै होटल संघ नेपाललाई श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले सम्मानित गरेको छ ।

सम्मेलनका अवसरमा श्रममन्त्री शरतसिंह भण्डारीले होटल संघ नेपाललाई कदरपत्र र सम्मेलनको प्रतीक चिन्ह प्रदान गर्दै सम्मान गरेका हुन् ।

संघका अध्यक्ष विनायक शाहले होटल संघले स्वदेशमै रोजगारी प्रवर्द्धन गर्ने उद्देश्यले विभिन्न क्षमता अभिवृद्धि तालिम, साथै 'सिक्दै कमाउँदै' अवधारणामा आधारित २४ महिने कार्यक्रम सञ्चालन गर्दै आएको जानकारी दिए । यी कार्यक्रमले सम्मेलन र समग्र श्रम क्षेत्रमा सकारात्मक प्रभाव पारेको उनको भनाइ थियो ।

शाहका अनुसार संघले हालै श्रम मन्त्रालयअन्तर्गतको राष्ट्रिय व्यवसायिक प्रशिक्षण प्रतिष्ठान सगको सहकार्यमा होटल क्षेत्रमा आवश्यक प्राविधिक तालिमहरू निर्धारण गर्दै पाठ्यक्रम विकास र प्रशिक्षण सञ्चालन गर्ने तयारी पनि गरिरहेको छ ।

उनले देशभरका होटलहरूबाट आन्तरिक रोजगारी सृजनामा उल्लेखनीय योगदान दिन सकिने विश्वास व्यक्त गरे ।

Share News