काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र उत्तरढोका, काठमाडौंस्थित लोमस डिजिटलबीच विशेष छुटसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर गरिएको छ ।
यस सम्झौतापछि सिटिजन्स बैंकका कार्डबाहक, प्रिभिलेज कार्डबाहक र मोबाइल बैंकिङ ग्राहकहरूले हुइरपुल प्रोडक्ट्स र किचेन एड प्रोडक्ट्स खरिदमा आकर्षक छुट प्राप्त गर्नेछन् ।
बैंकले यो सहकार्य डिजिटल कारोबार प्रवर्द्धन गर्ने उद्देश्यले गरेको हो । यसमार्फत ग्राहकहरू नगद कारोबारबाट डिजिटल भुक्तानीतर्फ आकर्षित हुने विश्वास बैंकले व्यक्त गरेको छ ।
सिटिजन्स बैंकले डिजिटल बैंकिङ प्रयोग विस्तार गर्न समय–समयमा ग्राहक लक्षित छुट तथा सेवा सुविधाहरू सञ्चालन गर्दै आएको छ । छुट र अफरसम्बन्धी विस्तृत विवरण सिटिजन्स बैंकको वेबसाइटमा हेर्न सकिनेछ ।