काठमाडौं । दक्षिण एसियामा आफ्नो उपस्थिति मजबुत बनाउने रणनीतिक योजनाअन्तर्गत स्टेलान्टिसले नेपालमा दोस्रो डिलरशिपको उद्घाटन गरेको छ । यो डिलरशिप गोल्छा अर्गनाइजेशन अन्तर्गतको सहायक कम्पनी साङ्ग्रिला मोटर्स प्रालिले सञ्चालन गर्ने जनाइएको छ ।
काठमाडौंको उत्तरढोकामा अवस्थित यो नयाँ शोरूमले विश्व प्रसिद्ध तीन ब्राण्डहरू( सिट्रोन, लीप मोटर र प्यूजोलाई एउटै छानामुनि प्रस्तुत गरेको छ ।
नयाँ डिलरशिपको औपचारिक उद्घाटन कार्यक्रममा स्टेलान्टिस इन्डियाका प्रमुख कार्यकारी अधिकृत तथा प्रबन्धक निर्देशक शैलेश हजेला र साङ्ग्रिला मोटर्सका प्रबन्धक निर्देशक हेमन्त गोल्छाको उपस्थितिमा नेपालस्थित फ्रान्सकी राजदूत भर्जिनी कोर्तेवालले गरिन् ।

प्रबन्ध निर्देशक गोल्छाले सिट्रोन, लीपमोटर र प्यूजो एकै स्थानमा उपलब्ध गराएर नेपाली ग्राहकहरुका लागि प्रिमियम मोबिलिटी समाधानको एकमात्र गन्तव्य बन्ने दावी गरे ।
गोल्छा अर्गनाइजेशन अन्तर्गतको सांग्रिला मोटर्स प्रालिले नेपालमा दिगो र नवप्रवर्तनशील सवारीसाधन क्षेत्रमा अग्रसर भूमिका निर्वाह गरिरहेको छ ।
नेपालमा स्टेलान्टिस ब्राण्डहरूको एकमात्र आधिकारिक आयातकर्ता भएकाले कम्पनीले विद्युतीय र प्रिमियम गाडी बजार निर्माणमा महत्वपूर्ण भूमिका खेलिरहेको छ ।

स्टेलान्टिस विश्वको अग्रणी सवारीसाधन निर्माता कम्पनी हो । यसका ब्राण्डहरूमा अबार्थ, अल्फा रोमियो, क्रिसलर, सिट्रोएन, डज, डीएस अटोमोबाइल्स, फिएट, जीप, लान्सिया, मासेराटी, ओपेल, प्यूजो, राम, भक्सहल, फ्रीटुमुभ र लेइसिज सामेल छन् ।

