राष्ट्र बैंकका कार्यकारी निर्देशक उप्रेती एनसीएचएलको अध्यक्षमा नियुक्त

काठमाडौं । नेपाल क्लियरिङ हाउस (एनसीएचएल)को सञ्चालक समितिको अध्यक्षमा नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक चेत प्रसाद उप्रेती नियुक्त भएका छन् ।

बिहीबार सम्पन्न औपचारिक कार्यक्रममा उप्रेतीले नेपाल राष्ट्र बैंकका डेप्युटी गभर्नर बम बहादुर मिश्रसँग अध्यक्ष पद तथा गोपनीयताको शपथ ग्रहण गरे । यसअघि उक्त पदमा कार्यकारी निर्देशक विश्रुत थापा रहेका थिए ।

उप्रेतीले राष्ट्र बैंकको विभिन्न विभागमा २७ वर्षभन्दा बढी समय सेवा दिएका छन् । त्रिभुवन विश्वविद्यालयबाट एमबिए डिग्री हासिल गरेका उप्रेती हाल राष्ट्र बैंकको गैर-बैंकिङ वित्तीय संस्था सुपरिवेक्षण विभागका कार्यकारी निर्देशकको रूपमा कार्यरत छन् ।  

Share News