संकटमा पोर्शे : सीईओ ब्लुमलाई दुई पदमध्ये एक छोड्न लगानीकर्ताको दबाब

काठमाडौं । पोर्शे र पोर्शेको अभिभावक कम्पनी फक्सवागनको पनि नेतृत्व सम्हालिरहेका ओलिभर ब्लुममाथि लगानीकर्ताहरूले दुईमध्ये एक पद त्याग्नुपर्ने तीव्र दबाब दिएका छन् ।

चीनमा कमजोर बिक्री र अमेरिकामा ट्यारिफसम्बन्धी समस्याका कारण पोर्शेले आफ्नो आम्दानीको पूर्वानुमान घटाउन बाध्य भएपछि यस्तो माग उठेको हो ।

गत महिना पोर्शेले सन् २०२५ को पहिलो त्रैमासिकमा चीनमा बिक्री ४२ प्रतिशतले घटेको, अमेरिकी ट्यारिफका कारण कम्पनीको नाफा दर घटेको जनाएको थियो ।

बुधबार सम्पन्न वार्षिक सेयरधनी सभामा ब्लुम निराश लगानीकर्ताहरूको प्रश्नको सामना गर्दै थिए, जहाँ केहीले उनलाई दुबै कम्पनीको नेतृत्व गर्नु गलत निर्णय भएको भन्दै आलोचना गरे ।

'यदि एउटै व्यक्तिले दुबै कम्पनी चलाउँछ भने स्वतन्त्र व्यवस्थापन सम्भव हुँदैन,' जर्मनीको डोइच बैंकअन्तर्गतको डीडब्ल्यूएसका हेन्ड्रिक श्मिटले भने ।

उनले थपे कि यो दोहोरो भूमिका पोर्शेको सेयर मूल्यमा छुट ल्याउने कारण बनिरहेको छ ।

ब्लुमले विगतमा भनेका थिए कि उनको यो भूमिका सफलताको सूत्र हो र यो सधैंका लागि रहने होइन ।

'अब त बोर्डको कुनै एउटा पद त्याग्नुपर्छ,' डेका इन्भेस्टमेन्टका स्थायित्व प्रमुख इङ्गो स्पेइचले भने ।

२०२२ मा सेयर बजारमा प्रवेश गर्दा पोर्शेको मूल्यांकन फक्सवागनभन्दा बढी थियो, तर अहिले त्यसको लोकप्रियता घट्दै गएको छ र यसको सेयर मूल्य झण्डै ४५ प्रतिशतले घटेको छ ।

लगानीकर्ताहरूले चीन र अमेरिका जस्ता प्रमुख बजारमा पोर्शेको समस्या समाधानका लागि तत्काल कदम चाल्न आग्रह गरेका छन् ।

'पोर्शे अहिले चीन र अमेरिकाको समस्याबीच च्यापिएको अवस्थामा छ,' स्पेइचले भने, 'चीनमा समस्याको समाधानबारे कम्पनी मौन छ ।'

डीडब्ल्यूएसका श्मिटले भने, 'पोर्शे आफ्ना उत्पादनहरूजस्तै हुनुपर्छ- छिटो, शक्तिशाली, तर सुरक्षित र आकर्षक ।'

सेयरधनी सभामा बोल्दै ब्लुमले चुनौतीहरू स्वीकार गरे ।

'गत वर्ष हामीले धेरै प्रतिकूल अवस्था भोग्यौं । अहिले हामी हिंसात्मक आँधीसँग जुधिरहेका छौं,' उनले भने, 'चिनियाँ बजार पूर्ण रूपमा ध्वस्त भएको छ ।'

'हामीलाई पूर्ण रूपमा थाहा छस् तपाईंहरू पोर्शेसँग अझ बढी अपेक्षा राख्नुहुन्छ। अवश्य। हामी पनि राख्छौं,' उनले थपे ।

यद्यपि लगानी कोषहरूले सेयरधनी सभामा मताधिकार प्रयोग गर्न सक्दैनन्, किनभने सेयर बजारमा मात्र गैर-मताधिकारप्राप्त प्राथमिक सेयरहरू कारोबार हुने गर्छन् । फक्सवागन र पोर्शे अटोमोबिल होल्डिङ जुन पोर्शे र पीएच परिवारको स्वामित्वमा छ, तिनीहरूले नियन्त्रण राखेका छन् ।

बीवाईडीको युरोपमा ईभी युद्ध सुरु, डल्फिन सर्फ जर्मनीमा सार्वजनिक

ईभीमा घट्दो मागका कारण अब होन्डा पनि हाईब्रिडमा केन्द्रित हुने

टेस्लाको रोबोट्याक्सी परीक्षण : मस्कले खोल्दैछन् भविष्यको ढोका !
 

Share News