काठमाडौं । नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड मेनुफ्याक्चरर्स एसोसिएसन (नाइमा) ले नेपाल मोबिलिटी एक्स्पो २०२५ को पहिलो संस्करणको लागि बुकिङ बन्द भएको घोषणा गरेको छ । यो एक्स्पो २०८२ साउन २१ देखि २५ गते ९२०२५ अगस्ट ६ देखि १०० सम्म भृकुटीमण्डप, काठमाडौंमा आयोजना हुनेछ ।
४८ वटा स्टलको लागि आवेदन आएको नाइमाकी अध्यक्ष रितुसिंह वैद्यले बताइन् ।
नाइमाले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा नेपालको मोबिलिटी क्षेत्रको प्रतिनिधित्व, रणनीतिक सहयोग, विकास र सामूहिक आवाज उठाउन एकीकृत मञ्चको रूपमा काम गर्ने प्रतिबद्धता जनाएको छ ।
नेपाल मोबिलिटी एक्स्पो २०२५ ले अत्याधुनिक मोबिलिटी समाधानहरू र नेपालमा विकसित हुँदै गरेको मोबिलिटी संस्कृतिलाई प्रदर्शन गर्दै यसअघिका भन्दा धेरै अनुभव दिने एक नयाँ प्रकारको अटोमोबाइल प्रदर्शनीको रूपमा एक माइलस्टोन इभेन्ट रहेको वैद्यले जानकारी दिइन् ।
मोबिलिटी एक्स्पोमा सहभागी फोर ह्वीलर ब्रान्डमा बीवाईडी, सिट्रोन, फर्थिङ, ग्रेट वाल मोटर्स, हेनरी भोल्ट्स, हुन्डाई, केई, किया, लीपमोटर, लेभ वान, महिन्द्रा, म्याक्सस, माज्दा, एमजी, मित्सुबिसी, निसान, ओमोडा एन्ड जेको, पिजुट, प्रोटोन, रिनल्ट, टोयोटा, फक्सवागन र जिक्र रहेका छन् ।
एक्स्पोमा टु ह्वीलरमा एम्पेरे, एथर, बजाज, बेनेली, सीएफमोटो, गोगोरो, होन्डा, केटीएम, महिन्द्रा, एनआईयू, रिभोल्ट, रोयल इन्फिल्ड, सेगवे-नाइनबोट, सुजुकी, ट्रायम्फ, टीभीएस, अल्ट्राभाओलेटी, याडिया र जीहो रहेका छन् ।
सहभागी कमर्सियल वाहन ब्रान्डहरूमा चेरी वान्डा, डोनफेङ, फारिजोन, हुवाजी, कम, कारी, किङलङ र सनलङ रहेका छन् ।