चितवन । कामना सेवा विकास बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत चितवनको श्री राष्ट्रिय आधारभूत विद्यालय, ज्योतिनगरका विद्यार्थीहरूलाई पोशाक वितरण गरेको छ ।
बैंकको नारायणगढ क्षेत्रका प्रविण बर्तौलाले विद्यालयका प्रधानाध्यापक रमाकान्त न्यौपानेको उपस्थितिमा विद्यार्थीहरूलाई पोशाक हस्तान्तरण गरे ।
सो अवसरमा प्रधानाध्यापक न्यौपानेले बैंकको सहयोगले विद्यार्थीहरूलाई पढाइमा थप उत्साह मिल्ने विश्वास व्यक्त गरे । बैंक प्रतिनिधि बर्तौलाले भरतपुर महानगरपालिकासँगको समन्वयमा समुन्नत समाज निर्माणमा हातेमालो गर्न पाएकोमा खुशी व्यक्त गरे ।
कार्यक्रममा बैंकका कर्मचारी, विद्यालयका शिक्षक, विद्यार्थी तथा अभिभावकहरूको उल्लेख्य उपस्थिति रहेको थियो ।
कामना सेवा विकास बैंकले आगामी दिनहरूमा पनि यस्ता सामाजिक उत्तरदायित्व सम्बन्धी साक्षरता र सहयोग कार्यक्रमहरूलाई निरन्तरता दिने जनाएको छ ।