काठमाडौं । चिनियाँ अटोमोबाइल कम्पनी चांगान अटोमोबाइलले थाइल्यान्डको रायोंग क्षेत्रमा आफ्नो पहिलो अन्तर्राष्ट्रिय न्यु इनर्जी भेहिकल प्लान्टबाट औपचारिक रूपमा कार उत्पादन सुरु गरेको छ ।
‘कम्पनीका अनुसार भास्ट ओसियन प्लान’अन्तर्गत कम्पनीले चिनियाँ भूमिबाट कार निर्यात गर्नुको सट्टा अब विदेशी भूमिमा नै इन्डस्ट्रियल इकोसिस्टम विस्तार गर्ने रणनीति अघि बढाएको छ ।
रायोंग प्लान्ट अत्याधुनिक प्रविधि, अनुसन्धान तथा विकास ९ र दीर्घकालीन सप्लाई चेनयुक्त संरचना हो । जसबाट ग्रिन र स्मार्ट इभी कार उत्पादन गरिनेछ। सुरुमा वार्षिक १ लाख युनिट उत्पादन क्षमता रहेको प्लान्टको उत्पादन क्षमता सन् २०२७ सम्म २ लाख युनिट पुर्याइने लक्ष्य राखिएको छ।
यस प्लान्टबाट उत्पादित कारहरू दक्षिणपूर्वी एशिया, मध्यपूर्व, अफ्रिका, दक्षिण अमेरिका र युरोएसिया बजारमा निर्यात गरिनेछन् ।
थाइल्यान्डमा सन् २०२३ मा प्रवेश गरेपछि हालसम्म १४ हजार युनिट चांगान गाडी विक्री भइसकेका छन् । कम्पनी हाल थाइल्यान्डमा ‘टप फोर एनईभी ब्रान्ड’ बन्न सफल भएको छ। रायोंग प्लान्ट उद्घाटनसँगै राइट ह्यान्ड ड्राइभ 'दीपल एस०५' सार्वजनिक गरिएको छ, जुन चाँडै नेपालमा पनि प्रवेश गर्ने कम्पनीले जनाएको छ ।
रायोंग प्लान्टको उद्घाटनसँगै चांगानको कुल उत्पादन २ करोड ८५ लाख ९० हजार युनिट पुगेको छ । ३ लाख ९२ हजार वर्गमिटर क्षेत्रफलमा फैलिएको उक्त प्लान्टमा वेल्डिंग, पेन्टिङ, एसेम्ब्ली, इन्जिन र ब्याट्री उत्पादनका ५ कार्यशाला छन् ।
यसको वातावरणमैत्री डिजाइनमा सौर्य उर्जा, डे-लाइट प्रणाली र पानी पुनः प्रयोग जस्ता उपाय अपनाइएको छ। यहाँबाट चांगान, दीपल र अवतार ब्रान्ड अन्तर्गतका विद्युतीय सवारी साधन उत्पादन हुनेछन् ।
चांगानले अबको नीति स्थानीयकरण र सस्टेनेबिलिटीमा आधारित राखेको जनाएको छ। थाइल्यान्डमा आफ्नो उपस्थिति सार्वजनिक गरेपछि कम्पनीले दीपल एस०७, अवतार ११ सहित ७ मोडेल सार्वजनिक गरिसकेको छ।
कम्पनी अध्यक्ष जु हुरोंगले रायोंग प्लान्टले चांगानको ४१ वर्षे अनुभवलाई विश्व बजारमा थप मजबुत बनाउने बताए । उनका अनुसार थाई समन्वय र चिनियाँ प्रविधिको समिश्रणले आर्थिक वृद्धि र अन्तर्राष्ट्रिय बजार विस्तारमा टेवा पुर्याउनेछ।