टोयोटा फर्च्यूनर र टाटा सुमो बेच्दै ग्रामीण विकास लघुवित्त, मूल्य १ लाखदेखि २१ लाखसम्म

काठमाडौं । ग्रामीण विकास लघुवित्त वित्तीय संस्थाले सवारी साधन लिलामीमा बिक्री गर्ने भएको छ । लघुवित्त संस्थाले आफ्नो नाममा रहेका २ वटा सवारी बिक्रीमा राखेको हो ।

लघुवित्तका अनुसार बा८च २५५ नम्बरको २०१० मोडलको टोयोटा फर्च्यूनर र बा७च ११०८ नम्बरको २००९ मोडलको टाटा सुमो भिक्टा जीएक्स गाडी बिक्रीमा राखिएको हो । दुइटै गाडीको सिट क्षमता ७ जनाको रहेको लघुवित्तले जनाएको छ । 

टोयोटाको मूल्य न्यूनतम २१ लाख रुपैयाँ र टाटा सुमोको १ लाख रुपैयाँ तोकिएको छ । खरिद गर्न इच्छुकले जेठ २० गतेभित्र बोलपत्र आवेदन दिनुपर्नेछ । उक्त सवारी साधन जहाँ जे अवस्थामा छ सोही अवस्थामा बिक्री गरिने लघुवित्तले जनाएको छ । 

बोलपत्र फाराम शुल्क २ हजार रुपैयाँ तोकिएको छ । बोलपत्र स्वीकृत भएको ७ दिनभित्र सम्झौता गर्नुपर्नेछ । यदि नगरे बोलपत्र रद्द गरी धरौटी जफत गरिनेछ । बोलपत्रमा कवोल गरेको रकम ५ प्रतिशत अगाडि नै जम्मा गर्नुपर्नेछ  ।

Share News