शांघाई अटो शोमा सबैको ध्यान खिचेको 'जेको जे फाइभ' र 'जेको भी ट्वान्टी थ्री' नेपाल भित्रिँदै

काठमाडौं । शांघाई अटो शोमा सबैको ध्यान केन्द्रित गरेको जेको जे फाइभ र जेको भी ट्वान्टी थ्री नेपाली बजारमा आउने पक्का भएको छ । 

नेपालमा ओमोडा र जेकोको आधिकारिक वितरक एसपीजी अटोमोबाइल्सले दुवै मोडल भित्र्याउन लागेको हो ।

सबै कुरा मिलेको अवस्थामा नाइमा अटो शोमा यी दुवै मोडल प्रदर्शन हुने स्रोतले जनाएको छ  । 

दुई मोडेलमध्ये जेको जे फाइभ आउने लगभग पक्का भइसकेको छ  भने भी ट्वान्टी थ्रीलाई पनि सक्दो नाइमा अटो शोमा देख्न सकिने स्रोतको दावी छ । 

जेको जे फाइभ एसयूभी हाे । याे गाडी प्लग इन हाइब्रिडमा उपलब्ध हुनेछ । यसमा बोल्ड फ्रन्ट ग्रिल र मोडर्न एलईडी हेडलाइट्स रहेकाे छ । 

यसैगरी, याे गाडीमा २०८ किलाेवाटकाे पीएमएस मोटर रहेकाे छ । ब्याट्रीप्याक ६९.८ किलाेवाटकाे लिथियम आयन ब्याट्री रहेकाे छ । यसकाे डब्ल्यूएलटीपी रेन्ज ५०१ किलाेमिटर रहेकाे छ । यसका साथै यसमा प्यानाराेमिक सनरुफ, १९ इन्चकाे एलाेय ह्वील्स, लेभल टु एडीएसलगायतका अन्य फिचर छन् । 

जेको भी ट्वान्टी थ्री प्रिमियम इलेक्ट्रिक कम्प्याक्ट-साइज क्रसओभर हो । रेट्रो अफ राेड डिजाइनमा आधारित याे गाडीलाई आईकार ट्वान्टी थ्री भनेर पनि चिनिन्छ । यो गाडीमा अफ-रोड क्षमतासँगै आधुनिक प्रविधि र स्टाइलिश डिजाइन रहेकाे छ ।

याे गाडीमा फोर ह्वील कर्नर डिजाइन रहेकाे छ । यसमा ग्राउन्ड क्लियरेन्स २०६  मीमी र अल ह्वील ड्राइभमा २१२ मीमी रहेकाे छ । 

Share News