काठमाडौं । हेल्थी च्वाइस एस्थेटिक अस्पताल र स्मार्टच्वाइस टेक्नोलोजिज लिमिटेड (एससीटी) बीच भएको सहकार्यपछि अब एससीटी–युपिआइ कार्ड प्रयोगकर्ताहरूले अस्पतालका सम्पूर्ण अफरहरूमा थप छुट पाउने भएका छन् ।
सम्झौता अनुसार, एससीटी–युपिआइ कार्डमार्फत भुक्तानी गर्ने ग्राहकहरूले ब्लड टेस्ट, छाला, कपाल तथा दन्त उपचारसम्बन्धी सेवा अफरहरूमा ५ प्रतिशत सम्म छुट पाउनेछन् । त्यस्तै, ओपीडी परामर्श, ईमप्लान्ट, प्लास्टिक सर्जरी, कसमेटिक गाइनोकोलोजी, सर्जिकल प्याकेज, कपाल प्रत्यारोपण, सोप्रानो हेयर रिमुभल प्याकेज तथा आउटसोर्स सेवा तथा उपकरण शुल्कमा हुने अफरहरूमा २.५ प्रतिशत छुट प्रदान गरिनेछ।
एससीटीको नेटवर्कमा हाल ५ ‘क’ वर्गका, ६ ‘ख’ वर्गका, ११ ‘ग’ वर्गका बैंक तथा १०० भन्दा बढी सहकारी संस्था आबद्ध छन् । उनीहरूबाट जारी गरिएको एससीटी–युपिआइ कार्ड भएका ग्राहकहरूलाई यो अफर विशेष लाभदायक हुने अपेक्षा गरिएको छ।
एससीटी कार्ड नभएका इच्छुक ग्राहकहरूले पनि नजिकको एससीटी सदस्य बैंक वा सहकारीमा सम्पर्क गरी सजिलै कार्ड प्राप्त गर्न सक्नेछन् ।
स्वास्थ्य र सौन्दर्यसँग सम्बन्धित सेवा उपयोगलाई अझ सहज र किफायती बनाउन यो सहकार्य प्रभावकारी हुने दुवै संस्थाले विश्वास व्यक्त गरेका छन् ।