टिभीएस ग्रेट ग्राण्ड एक्सचेञ्ज एण्ड फाइनान्स मेला हुँदै

काठमाडौं । नेपालमा टिभीएसको एकमात्र आधिकारिक वितरक जगदम्बा मोटर्सले ‘टिभीएस ग्रेट ग्राण्ड एक्सचेञ्ज एण्ड फाइनान्स मेला’ आयोजना गर्न लागेको छ । यो मेला जेठ ७ देखि १२ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा हुने कम्पनीले जनाएकाे छ ।

कम्पनीका अनुसार यस विशेष मेलामा ग्राहकहरूले आफ्नो पुरानो मोटरसाइकल वा स्कुटर साटेर नयाँ टिभीएस सवारी सजिलै घर लैजान सक्नेछन् । साथै, मेलामा विभिन्न आकर्षक अफर र रमाइलो मनोरञ्जनका कार्यक्रमहरू पनि आयोजना गरिने छन् ।

मेलाको सुरुमै, जेठ ६ गतेसम्म नयाँ टिभीएस सवारी प्रि-बुकिङ गर्ने ग्राहकहरूले ५ हजाररुपैयाँ बराबरको उपहार प्राप्त गर्नेछन् । पुरानो सवारीको न्यूनतम मूल्याङ्कन ३० हजार रुपैयाँसम्म सुनिश्चित गरिएको छ भने ५० भन्दा बढी रीकन्डिसन हाउसहरूको सहभागिताले ग्राहकलाई सबैभन्दा उच्च मूल्याङ्कनको भरोसा दिने कम्पनीले जनाएको छ ।

त्यसैगरी, ग्राहकहरूले ८ हजार रुपैयाँसम्म नगद छुट र १० हजार रुपैयाँसम्म थप मूल्याङ्कन पाउने मौका पाउनेछन् । साथै, शून्य प्रतिशत ब्याजदरमा पनि सवारी किन्न सकिने सुविधा उपलब्ध हुनेछ (नियम तथा सर्तहरू लागू हुने) छ । नयाँ सवारी खरिद गर्ने प्रत्येक ग्राहकलाई हेल्मेट, झोला, बाइक कभर र रेनकोट निःशुल्क उपहार स्वरूप प्रदान गरिने छ ।

मेलामा विभिन्न मनोरञ्जन कार्यक्रमहरू समेत हुनेछन् । लाइभ ब्यान्ड प्रस्तुति, स्टन्ट शो, टेस्ट राइड, खेलकुद, सौन्दर्य ब्रान्डहरूको प्रदर्शनी, स्वादिलो खानेकुरा र बालबालिकाका लागि विशेष क्षेत्र समेत तयार गरिनेछ। मेलाले सम्पूर्ण परिवारलाई लक्षित गर्दै रमाइलो र उत्सवको माहोल प्रदान गर्नेछ ।

Share News