काठमाडौं । हकप्रद सेयर निष्काशन प्रक्रिया रद्दसहितका मुद्दा पारित गर्न प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सले लाइफ इन्स्योरेन्सले ८औँ वार्षिक साधारण सभा बोलाएको छ । कम्पनी सञ्चालक समितिको वैशाख ३० गते बसेको बैठकले जेठ २६ गते काठमाडौंमा बिहान ११ बजे साधारण सभा आह्वान गरेको हो ।
प्रस्तावित बोनस सेयर वितरणपश्चात् नियामक निकायले तोकेको चुक्ता पुँजी पुग्ने भएकाले यसअघि ७ प्रतिशत हकप्रद सेयर जारी गर्ने निर्णय सभाले रद्द गर्ने प्रस्ताव गरेको छ ।
सभाले कम्पनीले गत आर्थिक वर्ष २०८०/८१ को नाफाबाट चुक्ता पुँजीको ८ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.४२ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव पारित गर्नेछ ।
बोनस सेयर विभाजनपश्चात कम्पनीको चुक्ता पुँजी ५ अर्ब १० करोड ३६ लाख ४८ हजार रुपैयाँ पुग्नेछ । सोही अनुसार प्रबन्ध पत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने र संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत खर्च भएको रकम अनुमोदन गर्नेछ ।
साथै, सञ्चालक समितिको आर्थिक वर्ष २०८०/८१ को वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन, आर्थिक वर्ष २०८१/८२ का लागि बाह्य लेखापरीक्षक नियुक्ति तथा निजको पारिश्रमिक निर्धारण गर्ने, सञ्चालकहरूको नियुक्ति अनुमोदन गर्नेछ ।