खल्तीको ‘द बिगेस्ट पेमेन्ट जात्रा’ सुरु


काठमाडौं । ‘खल्ती’ले करोडौंको अफर रहेको ‘द बिगेस्ट पेमेन्ट जात्रा’को चौंथो संस्करण बिहीबारबाट सुरु गरेको छ । 

यस संस्करणमा खल्तीले जात्रा ब्याटल ग्राउन्ड नामक नयाँ रोमाञ्चक प्रतिस्पर्धा पनि ल्याएको छ जहाँ हरेक हप्ता खल्ती प्रयोगकर्ताहरूले नयाँ इन्फ्लुन्सरसँग प्रतिस्पर्धा गर्नेछन् ।

यस जात्राअन्तर्गत ५ जनाले भेस्पा एलएक्स १२५ जित्न सक्नेछन् । यसैगरी, ९ जनाले अनर एक्स ८ सी स्मार्टफोन जित्नुका साथै प्रयोगकर्ताहरूले अल्टिमा साउन्ड बार, स्मार्ट घडी,  एअर बड देखि सयौं उपहारहरू जित्न सक्नेछन् । 

पहिलेको संस्करणमा जस्तै हरेक खल्ती प्रयोगकर्ताहरूले आफ्नै प्रोमोकोड बनाई आफ्नो सञ्जालमा सेयर गर्न सक्नेछन् भने हरेक दिन खुत्रुके र हरेक भुक्तानीमा स्क्र्याचकार्ड मार्फत उपहारहरू जित्न सक्नेछन् ।

असार ३२ सम्म लागू रहने ६३ दिनको यस जात्रा अवधिमा १५-१५ दिन गरी ४ राउन्ड रहेको छ ।  प्रत्येक राउन्डमा खल्तीबाट कुनै पनि २ भुक्तानी पूरा गर्ने प्रयोगकर्ताहरू भेस्पा एलएक्स १२५ को लागि ‘लक्की ड्र’मा सहभागी हुनेछन् । 

हरेक राउन्डको अन्त्यमा एक भाग्यशाली विजेता घोषणा हुनेछ । चारवटै राउन्डहरूमा सहभागी हुने प्रयोगकर्ताहरू बोनस राउन्डका लागि स्वतः सहभागी हुनेछन् र बोनस राउन्डको पाँचौं भेस्पा एलएक्स १२५ जित्न सक्नेछन् । कुल मिलाएर एक प्रयोगकर्ताले । भेस्पा एलएक्स १२५ जित्ने ५ वटा मौका पाउनेछन् ।

गत वर्षजस्तै खल्तीले ‘सेयर अ कोड’ फिचरलाई निरन्तरता दिएको छ । खल्ती एप भित्र जात्रा पेजमा गएर प्रयोगकर्ताहरूले ‘क्रियट’ ट्याप गरी हरेक हप्ता आफ्नै प्रोमोकोड भएको कुपन बनाउन सक्नेछन् जुन सेयर गरी प्रयोगकर्ताहरू स्वयम् खल्ती इन्फ्लुन्सर बन्न सक्नेछन् । 

साथीभाइले प्रोमोकोड प्रयोग गरे अफर र क्यासब्याकको लाभ लिन सक्नेछन् भने सेयर गर्नेलाई हरेक कोड प्रयोगमा १० खल्ती पोइन्ट्स प्राप्त हुनुका साथै हरेक हप्ता ५ मा ५ प्रयोग भएमा हनर एक्स ७बी स्मार्टफोन जित्ने मौका मिल्नेछ ।

‘सेयर अ कोड’  को विस्तारित खेल स्वरूप हो ‘जात्रा ब्याटलग्राउन्ड’ जसमा हरेक हप्ता २ टोली बिच प्रतिस्पर्धा हुनेछ । एक टोलीमा हुनेछन् एक जना कन्टेन्ट क्रियटर र उनले बनाएको आफ्नो कोड । अर्को टोलीमा हुनेछन् सम्पूर्ण खल्ती फ्यानहरू र उनीहरूले बनाएका कोडहरू । जुन टोलीले लक्षित गरिएको कोड प्रयोग सङ्ख्या पूरा गर्नेछ, जित उसैको हुनेछ। पहिलो हप्ता २ बी गेमर ब्याटलग्राउन्डमा देखिन्छन् भने हरेक हप्ता नयाँ क्रियटर आउने खल्तीले जनाएको छ ।

दैनिक रूपमा 'खुत्रुके' फुटाएर विशेष कोड प्राप्त हुनेछ र हरेक दिन ‘लक्की ड्र’ मार्फत एक भाग्यशाली विजेताले साउन्ड बार, स्मार्ट घडी,  एअर बड जस्ता अल्टिमा प्रडक्टहरू जित्नेछन् भने प्रयोगकर्ताहरूले १०० भन्दा माथिको हरेक भुक्तानीमा डिजिटल स्क्र्याच कार्ड मार्फत विभिन्न किसिमका अफर र क्यासब्याकहरू प्राप्त गर्न सक्नेछन् ।
 

Share News