सबैभन्दा गरिब राष्ट्रपति जोस मुजिकाको ८९ वर्षको उमेरमा निधन

काठमाडौं । लाटिन अमेरिकी देश उरुग्वेका पूर्वराष्ट्रपति जोस मुजिकाको ८९ वर्षको उमेरमा निधन भएको छ ।

जोस मुजिकालाई 'पेपे' भनेर चिनिन्थ्यो ।

२०१० देखि २०१५ सम्म उरुग्वेका राष्ट्रपति रहेका पूर्व गुरिल्ला नेता मुजिका आफ्नो साधारण जीवनशैलीका कारण दुनियाँभर 'सबैभन्दा गरिब राष्ट्रपति'को नामले प्रसिद्ध छन् ।

उरुग्वेका वर्तमान राष्ट्रपति यामान्डु ओरसीले जोस मुजिकाको निधनको जानकारी एक्स (पूर्व ट्विटर) मा दिँदै लेखे, 'हामीलाई तपाईंले जे-जे दिनुभयो, त्यसका लागि र आफ्नो जनताप्रतिको गहिरो माया लागि धन्यवाद ।’

पूर्वराष्ट्रपति मुजिकाको मृत्यु कसरी भयो भन्ने विषयमा अझै स्पष्ट भइसकेको छैन, यद्यपि उनी इसोफेगियल (घाँटी) क्यान्सरबाट पीडित थिए ।

Share News