काठमाडौं । उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बजेट सार्वजनिक हुने समय नजिकिएसँगै आफू प्रेसरमा रहेको बताएका छन् । मंगलबार नेपाल उद्योग परिसंघले आयोजना गरेको आर्थिक रुपान्तरणको मार्गचित्र विषयक छलफल कार्यक्रममा संक्षिप्त बोल्दै उनले अहिले बजेट निर्माणमा केन्द्रित भएकोले समय व्यवस्थापन गर्न सकस भइरहेको सुनाएका हुन् ।
‘जेठ १५ नजिक आइसक्यो, अहिले म प्रेसरमा छु, सुझाव आइरहेका छन्, ती सुझावलाई बजेट निर्माणको प्रक्रियामा ग्रहण गर्नेछु । आयोगले दिएका सुझाव विशाल छन्, ती सुझाव फिल्टर गरेर कार्यान्वयन हुन्छ,’ उनले भने ।
अहिले धेरै व्यस्तता रहेकोले सार्वजनिक कार्यक्रममा धेरै बस्ने अवस्था नरहेको सुनाउँदै अर्थमन्त्री पौडेल कार्यक्रमबाट बाहिरिए ।