काठमाडौं । राष्ट्रिय खेलका रूपमा मान्यता पाएको भलिबलको लोकप्रियता नेपालमा तीव्र रूपमा बढिरहेको बेला, यसको प्रवर्द्धनमा निजी क्षेत्रको सहकार्य पनि उल्लेखनीय बन्दै गएको छ । यही जेठ ८ गतेदेखि १५ गतेसम्म पोखरामा आयोजना हुने ९औं प्रधानमन्त्री कप एनभीए महिला–पुरुष भलिबल लिग २०८२ मा शिवम् सिमेन्ट लिमिटेड ले ‘स्ट्रेन्थ पार्टनर’ को रूपमा सहकार्य गर्ने घोषणा गरेको छ ।
नेपाल भलिबल संघ द्वारा आयोजित प्रतियोगिता आगामी सात दिनसम्म पोखरा रंगशालाको कभर्ड हलमा हुनेछ, जसमा ६ महिला र ८ पुरुष टिम गरी १४ टिम सहभागी हुनेछन् । खेलमा प्रतिदिन ३–४ हजार दर्शकको उपस्थिति रहने अपेक्षा गरिएको छ।
शिवम् सिमेन्ट र नेपाल भलिबल संघबीच सहकार्य सम्झौतामा संघका महासचिव रोशन श्रेष्ठ र शिवम् सिमेन्टका सेल्स तथा मार्केटिङ उपाध्यक्ष निखिल अग्रवाल ले हस्ताक्षर गरेका हुन् ।
शिवम् सिमेन्टले यसअघि पनि शेरबहादुर स्मृति महिला भलिबल कप, न्यु डाइमन्ड एकेडेमी टिम, र कर्णाली यशविस टिम (एभरेस्ट लिग) जस्ता विभिन्न भलिबल प्रतियोगितामा सहकार्य गर्दै आएको छ ।
शिवम् सिमेन्टले भलिबल, क्रिकेट, फुटबल र म्याराथनजस्ता लोकप्रिय खेलहरूमा लगानी र सहभागिता बढाउँदै आएको छ । कम्पनीले राष्ट्रिय खेलकुदको दिगो विकासका लागि आगामी दिनहरूमा पनि सहकार्यलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेको छ ।