बजाजको ‘खुसीको मिटर’ अफर : मोसीम आलमले जिते १ लाख रुपैयाँ

काठमाडौं । नेपाली नयाँ वर्ष २०८२ को अवसरमा बजाज मोटरसाइकलले सञ्चालन गरेको ‘खुसीको मिटर’ क्याम्पेन अन्तर्गत भाग्यशाली विजेताको घोषणा गरिएको छ । देशभरिका हजारौं सहभागीहरूमध्ये विराटनगरका मोसीम आलम लक्की ड्र मार्फत नगद १ लाख रुपैयाँ जित्न सफल भएका हुन् ।

नेपालका लागि बजाज मोटरसाइकलको आधिकारिक वितरक हंसराज हुलासचन्द एण्ड कम्पनीले आयोजना गरेको यस अफरमा ग्राहकहरूले डिजिटल गेमिङमार्फत रमाइलो अनुभवसँगै उपहार जित्ने मौका पाएका थिए । कम्पनीले विशेष डिजिटल गेम ल्याएको थियो जसमा घरमै बसी मोबाइल वा कम्प्युटरमार्फत खेल्न सकिन्थ्यो ।

विजेता मोसीम आलमले १५० सिसी पल्सर मोटरसाइकल खरिद गरेका थिए। पारदर्शी र निष्पक्ष लक्की ड्र प्रणालीमार्फत विजेताको छनोट गरिएको कम्पनीले जनाएको छ ।

बजाजका मार्केटिङ हेड अमितराज चालिसेले भने, ‘खुसीको मिटर’ केवल प्रचार मात्र नभई डिजिटल प्रविधिमार्फत मोटरसाइकल खरिद यात्रालाई इन्टरेक्टिभ र उत्साहजनक बनाउने प्रयास हो । यो अफरमार्फत ग्राहकप्रतिको आभार प्रकट गर्ने र वर्षको सुरुवातलाई अझ विशेष बनाउने हाम्रो उद्देश्य थियो ।'

विजेता आलमले आफूले नगद जितेको खबर पाउँदा अत्यन्त खुशी लागेको बताउँदै भने, 'सुरुमा त विश्वासै लागेन, पछि पक्का भएपछि धेरै खुशी लाग्यो । बजाजप्रति मेरो विश्वास अझ बलियो भएको छ । यो अफर मार्फत जित्दा उत्साह अझ बढेको छ ।'   

Share News