काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्सको चालु आर्थिक वर्ष २०८१/८२ को तेस्रो त्रैमासमा खुद नाफा ५.२० प्रतिशत बढेर ४० करोड ८५ लाख २२ हजार रुपैयाँ आर्जन गरेको छ । गत वर्षको चैतसम्म कम्पनीले ३८ करोड ८३ लाख ७९ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।
चालु आवको चैतसम्ममा कम्पनीको कुल बीमा शुल्क १०.५९ प्रतिशत बढेर १४ अर्ब २६ करोड ९५ लाख रुपैयाँ आर्जन गरेको छ । गत वर्षको चैतसम्म कम्पनीले १२ अर्ब ९० करोड २८ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको थियो ।
यस अवधिमा कम्पनीको खुद दाबी भुक्तानी ९.९० प्रतिशत बढेर १५ अर्ब ६२ करोड ६७ लाख रुपैयाँ गरेको छ । गत वर्षको सोही अवधिमा कम्पनीले १४ अर्ब २१ करोड ४ लाख रुपैयाँ खुद दाबी भुक्तानी गरेको थियो ।
चैतसम्म कम्पनीले १९ अर्ब ३७ करोड ८० लाख रुपैयाँ कुल आम्दानी गर्दा १८ अर्ब ३२ करोड ५९ लाख रुपैयाँ कुल खर्च गरेको छ । गत वर्षको सोही अवधिमा कम्पनीले १७ अर्ब ५० करोड ३० लाख रुपैयाँ कुल आम्दानी गर्दा १६ अर्ब ४७ करोड ४० लाख रुपैयाँ कुल खर्च गरेको थियो ।
५ अर्ब २१ करोड २१ लाख रुपैयाँ चुक्ता पुँजी रहेको कम्पनीको महाविपत्ति कोषमा ६१ करोड ६ लाख रुपैयाँ, रिटेन्ड अर्निङमा ८५ करोड ५१ लाख रुपैयाँ र अन्य इक्विटीमा ५१ करोड ६४ लाख रुपैयाँ रहेको छ ।
समीक्षा अवधिमा कम्पनीको जीवन बीमा कोषको आकार ८.९९ प्रतिशत बढेर ८१ अर्ब ३२ करोड ६० लाख रुपैयाँ पुगेको छ । गत वर्षको चैतमा जीवन बीमा कोषमा ६८ अर्ब ९२ करोड ७९ लाख रुपैयाँ थियो ।
कम्पनीको प्रतिसेयर आम्दानी (ईपीएस) १०.३३ रुपैयाँबाट बढेर १०.४९ रुपैयाँ पुगेको छ । कम्पनीको प्रतिसेयर नेटवर्थ १३६.४७ रुपैयाँ छ भने मूल्य आम्दानी अनुपात ५९.५६ गुणा रहेको छ ।