काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्सको चालु आर्थिक वर्ष २०८१/८२ को तेस्रो त्रैमासमा खुद नाफा ८.६५ प्रतिशत बढेर ६५ करोड २२ लाख २३ हजार रुपैयाँ आर्जन गरेको छ । गत वर्षको चैतसम्म कम्पनीले ६० करोड ३ लाख ६७ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।
चालु आवको चैतसम्ममा कम्पनीको कुल बीमा शुल्क ११.७१ प्रतिशत बढेर ३२ अर्ब ८७ करोड ६७ लाख रुपैयाँ आर्जन गरेको छ । गत वर्षको चैतसम्म कम्पनीले २९ अर्ब ४३ करोड १० लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको थियो ।
यस अवधिमा कम्पनीको खुद दाबी भुक्तानी १३.८२ प्रतिशत बढेर ४१ अर्ब ९ करोड ७ लाख रुपैयाँ गरेको छ । गत वर्षको सोही अवधिमा कम्पनीले ३६ अर्ब ९ करोड ७५ लाख रुपैयाँ खुद दाबी भुक्तानी गरेको थियो ।
चैतसम्म कम्पनीले ४७ अर्ब ७२ करोड ८४ लाख रुपैयाँ कुल आम्दानी गर्दा ४४ अर्ब ९० करोड ५५ लाख रुपैयाँ कुल खर्च गरेको छ । गत वर्षको सोही अवधिमा कम्पनीले ४२ अर्ब ७९ करोड २९ लाख रुपैयाँ कुल आम्दानी गर्दा ३९ अर्ब ७० करोड ८८ लाख रुपैयाँ कुल खर्च गरेको थियो ।
९ अर्ब २ करोड ८७ लाख रुपैयाँ चुक्ता पुँजी रहेको कम्पनीको महाविपत्ति कोषमा १ अर्ब ३२ करोड ३१ लाख रुपैयाँ, रिटेन्ड अर्निङमा १ अर्ब १८ करोड ३१ लाख रुपैयाँ र अन्य इक्विटीमा ७२ करोड ६३ लाख रुपैयाँ रहेको छ ।
समीक्षा अवधिमा कम्पनीको जीवन बीमा कोषको आकार १९.९२ प्रतिशत बढेर २ खर्ब २५ अर्ब ६७ करोड ४९ लाख रुपैयाँ पुगेको छ । गत वर्षको चैतमा जीवन बीमा कोषमा १ खर्ब ८८ अर्ब १८ करोड ५७ लाख रुपैयाँ थियो ।
कम्पनीको प्रतिसेयर आम्दानी (ईपीएस) ९.७५ रुपैयाँबाट घटेर ९.६३ रुपैयाँमा झरेको छ । कम्पनीको प्रतिसेयर नेटवर्थ १३५.८१ रुपैयाँ छ भने मूल्य आम्दानी अनुपात ७०.०१ गुणा रहेको छ ।