काठमाडौं । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सको चालु आर्थिक वर्ष २०८१/८२ को तेस्रो त्रैमासमा खुद नाफा १०.७७ प्रतिशत बढेर ३३ करोड ७६ लाख ५७ हजार रुपैयाँ आर्जन गरेको छ । गत वर्षको चैतसम्म कम्पनीले ३० करोड ४८ लाख ३१ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।
चालु आवको चैतसम्ममा कम्पनीको कुल बीमाशुल्क १२.२१ प्रतिशत बढेर ४ अर्ब ७९ करोड ८५ लाख रुपैयाँ आर्जन गरेको छ । गत वर्षको चैतसम्म कम्पनीले ४ अर्ब २७ करोड ६१ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको थियो ।
चालु आजको तेस्रो मासमा कम्पनीनीको खुद बीमा शुल्क १५.८८ प्रतिशत बढेर ४ अर्ब ६५ करोड १६ लाख रुपैयाँ आर्जन गरेको छ । गत वर्षको सोही अवधिसम्म कम्पनीले ४ अर्ब १ करोड ४१ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको थियो ।
यस अवधिमा कम्पनीको खुद दाबी भुक्तानी २२.३८ प्रतिशत बढेर ४ अर्ब ६९ करोड ७२ लाख रुपैयाँ गरेको छ । गत वर्षको सोही अवधिमा कम्पनीले ३ अर्ब ८३ करोड ८२ लाख रुपैयाँ खुद दाबी भुक्तानी गरेको थियो ।
चैतसम्म कम्पनीले ६ अर्ब १२ करोड ३४ लाख रुपैयाँ कुल आम्दानी गर्दा ५ अर्ब २२ करोड ७१ लाख रुपैयाँ कुल खर्च गरेको छ । गत वर्षको सोही अवधिमा कम्पनीले ५ अर्ब ७८ करोड ७९ लाख रुपैयाँ कुल आम्दानी गर्दा ४ अर्ब ९२ करोड ९७ लाख रुपैयाँ कुल खर्च गरेको थियो ।
५ अर्ब १ करोड ४९ लाख रुपैयाँ चुक्ता पुँजी रहेको कम्पनीको महाविपत्ति कोषमा १५ करोड ३६ लाख रुपैयाँ, रिटेन्ड अर्निङमा ३० करोड ९९ लाख रुपैयाँ र अन्य इक्विटीमा ६ करोड २१ लाख रुपैयाँ रहेको छ ।
समीक्षा अवधिमा कम्पनीको जीवन बीमा कोषको आकार ४४.२४ प्रतिशत बढेर १७ अर्ब ८१ करोड ४८ लाख रुपैयाँ पुगेको छ । गत वर्षको चैतमा जीवन बीमा कोषमा १२ अर्ब २६ करोड ५६ लाख रुपैयाँ थियो ।
कम्पनीको प्रतिसेयर आम्दानी (ईपीएस) ९.७१ रुपैयाँबाट घटेर ८.९८ रुपैयाँमा झरेको छ । कम्पनीको प्रतिसेयर नेटवर्थ ११०.६० रुपैयाँ छ भने मूल्य आम्दानी अनुपात ४६.०३ गुणा रहेको छ ।