सन नेपाल लाइफको खुद बीमा शुल्क ३४.३७ प्रतिश बढ्यो, २.८९ अर्ब रुपैयाँ गर्याे दाबी भुक्तानी

काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्सको चालु आर्थिक वर्ष २०८१/८२ को तेस्रो त्रैमासमा खुद नाफा ३३.३६ प्रतिशत घटेर ३२ करोड ८९ लाख ९७ हजार रुपैयाँ आर्जन गरेको छ । गत वर्षको चैतसम्म कम्पनीले ४९ करोड ३६ लाख ६८ हजार रुपैयाँ नाफा आर्जन गरेको थियो । 

चालु आवको चैतसम्ममा कम्पनीको कुल बीमाशुल्क ३३.११ प्रतिशत बढेर ३ अर्ब ७१ करोड ३० लाख रुपैयाँ आर्जन गरेको छ । गत वर्षको चैतसम्म कम्पनीले २ अर्ब ७८ करोड ९४ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको थियो । 

चालु आजको तेस्रो मासमा कम्पनीनीको खुद बीमा शुल्क ३४.३७ प्रतिशत बढेर ३ अर्ब ३४ करोड ६५ लाख रुपैयाँ आर्जन गरेको छ । गत वर्षको सोही अवधिसम्म कम्पनीले २ अर्ब ४९ करोड ६ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको थियो । 

यस अवधिमा कम्पनीको खुद दाबी भुक्तानी ४१.३८ प्रतिशत बढेर २ अर्ब ८९ करोड ९७ लाख रुपैयाँ गरेको छ । गत वर्षको सोही अवधिमा कम्पनीले २ अर्ब ५ करोड ९ लाख रुपैयाँ खुद दाबी भुक्तानी गरेको थियो । 

चैतसम्म कम्पनीले ४ अर्ब ५४ लाख रुपैयाँ कुल आम्दानी गर्दा ३ अर्ब ७२ करोड १५ लाख रुपैयाँ कुल खर्च गरेको छ । गत वर्षको सोही अवधिमा कम्पनीले ३ अर्ब १७ करोड ४७ लाख रुपैयाँ कुल आम्दानी गर्दा २ अर्ब ६८ करोड १० लाख रुपैयाँ कुल खर्च गरेको थियो । 

३ अर्ब ९६ करोड १६ लाखन रुपैयाँ चुक्ता पुँजी रहेको कम्पनीको सेयर प्रिमियममा १ अर्ब २४ करोड ९७ लाख रुपैयाँ, महाविपत्ति कोषमा १८ करोड २७ लाख रुपैयाँ, रिटेन्ड अर्निङमा ८१ करोड ९४ लाख रुपैयाँ र अन्य इक्विटीमा २९ करोड २७ लाख रुपैयाँ रहेको छ । 

समीक्षा अवधिमा कम्पनीको जीवन बीमा कोषको आकार ४६.४८ प्रतिशत बढेर ९ अर्ब ५१ करोड ८६ लाख रुपैयाँ पुगेको छ । गत वर्षको चैतमा जीवन बीमा कोषमा ६ अर्ब ४९ करोड ८१ लाख रुपैयाँ थियो । 

कम्पनीको प्रतिसेयर आम्दानी (ईपीएस) २०.५७ रुपैयाँबाट घटेर ११.०७ रुपैयाँमा झरेको छ । कम्पनीको प्रतिसेयर नेटवर्थ १६४.२३ रुपैयाँ छ भने मूल्य आम्दानी अनुपात ५७.८४ गुणा रहेको छ ।


 

Share News