काठमाडौं । टोयोटा मोटरले बिहीबार भनेअनुसार यो आर्थिक वर्षमा कम्पनीको नाफा पाँचौं भागले घट्ने अपेक्षा गरिएको छ । अमेरिकाको डलर कमजोर हुनु र राष्ट्रपति डोनाल्ड ट्रम्पले लगाएको शुल्कको प्रभावले विश्वकै सबैभन्दा ठूलो कार निर्माता कम्पनीलाई असर गरेको छ ।
टोयोटाले मार्च २०२६ सम्मको वर्षमा सञ्चालन नाफा ३.८ ट्रिलियन येन (२६ अर्ब डलर) हुने अपेक्षा गरेको छ, जुन अघिल्लो वर्षको ४.८ ट्रिलियन येन भन्दा कम हो । व्यापार तनावले नाफामा कस्तो असर पारिरहेको छ भन्ने यो पछिल्लो उदाहरण हो ।
टोयोटाको नतिजाले देखाउँछ कि यी शुल्कहरूले कम्पनीहरूलाई एकैपटक धेरै पक्षबाट असर गर्न सक्छन् ।
कम्पनीले अप्रिल र मे महिनामा १८० अर्ब येन प्रत्यक्ष खर्च भएको अनुमान गरे पनि विदेशी विनिमय दरको उतारचढाव नै पुरै वर्षको नाफा अनुमानमा सबैभन्दा ठूलो असर पार्ने मुख्य कारण भएको जनाएको छ, जसको असर ७४५ अर्ब येनको हुने बताइएको छ ।
ट्रम्पको शुल्क र तिनको अन्तर्राष्ट्रिय व्यापारमा पर्ने प्रभावको अनिश्चितताले डलर कमजोर बनाएको छ। टोयोटाका लागि कमजोर डलरको अर्थ भनेको अमेरिकी बजारबाट कमाइ भएको नाफा स्वदेश फर्काउँदा घाटा हुनु हो ।
प्रमुख कार्यकारी कोजी साटोले पत्रकार सम्मेलनमा भने, 'यी शुल्क स्थायी हुन् कि होइनन् र के हुनेछ भन्ने कुरा हामीले निर्णय गर्न सक्दैनौं ।' उनले यी शुल्क व्यवस्थापन गर्न थप जटिल भएको बताए ।
विश्लेषकहरूले शुल्कका कारण अमेरिकामा र अन्यत्र पनि उपभोक्ताका लागि मूल्यवृद्धि हुन सक्ने बताउँदै आएका छन् ।
मार्च महिनासम्मको तीन महिनामा सञ्चालन नाफा लगभग स्थिर रह्यो जसमा ०.३ प्रतिशतले वृद्धि भई १.१२ ट्रिलियन येन पुगेको छ ।
अटो विश्लेषक क्रिस्टोफर रिक्टरले यदि यी शुल्कहरू कायम रहे टोयोटाले नयाँ नाफा लक्ष्य हासिल गर्न गाह्रो पर्ने बताए ।
'अहिले त अमेरिकामा बजार राम्रो देखिन्छ किनभने ग्राहकहरू हतारमा कार किन्न दौडिरहेका छन् । तर यदि यी शुल्कहरू यथावत रहे भने के हुन्छ ? तपाईंले मूल्य बढाउनुपर्छ,' उनले भने ।
अन्य अन्तर्राष्ट्रिय अटो कम्पनीहरू जस्तै टोयोटाले पनि अमेरिकामा उत्पादन विस्तार गर्न खोजेमा उच्च श्रम लागत र लगानी खर्च बढ्ने सम्भावना छ ।
टोयोटाको चीनमा कार बिक्री अन्य जापानी ब्रान्डहरूको तुलनामा कम घटेको भए पनि विश्वकै सबैभन्दा ठूलो अटो बजारमा चिनियाँ ब्रान्डहरूसँगको तीव्र प्रतिस्पर्धाका कारण बिक्री गिरावट रोक्न संघर्ष गरिरहेको छ ।
जापान एक मात्र सकारात्मक बजार रह्यो, जहाँ चौथो त्रैमासिकमा नाफा १८ प्रतिशतले वृद्धि भएको थियो ।
तर यसको सबैभन्दा ठूलो बजार उत्तर अमेरिकामा सञ्चालन घाटा अघिल्लो वर्षको २८ अर्ब येनबाट बढेर १०० अर्ब येन पुगेको छ । इन्डियानाको उत्पादन प्लान्टमा भएको अस्थायी बन्दका यस्तो अवस्था आएको हो ।
टेस्लामाथि वैश्विक दबाबः चिनियाँ प्रतिस्पर्धी र युरोपको असन्तुष्टि
मस्क बिनाको टेस्ला, निल्नु न ओकल्नुको अवस्थामा बोर्ड