हुन्डाई नेपालद्वारा बिर्तामोडमा क्रेटा इभी सार्वजनिक

झापा । नेपालमा हुन्डाई गाडीको आधिकारिक बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टलले बिर्तामोडस्थित आफ्ना डिलर 'अलायन्स मोटर्स' मा क्रेटा इभी (इलेक्ट्रिक भर्सन) को सार्वजनिक कार्यक्रम तथा ग्राहक प्रतिकृया सञ्जाल 'मिट एन्ड ग्रेट' सफलतापूर्वक सम्पन्न गरेको छ।

कार्यक्रममा ग्राहकहरूले नयाँ क्रेटा इभीको प्रत्यक्ष अवलोकन गर्दै हुन्डाई व्यवस्थापन टिमसँग गाडीको प्रविधि, सेवालगायत विषयमा प्रत्यक्ष संवाद गरेका थिए । कम्पनीले इभी प्रति देखिएको अनिश्चितता, जस्तै स्पेयर पार्ट्स उपलब्धता, सर्भिस चार्ज, र ब्रान्डको दीर्घकालीन सपोर्टमा स्पष्टता ल्याउँदै क्रेटा इभी पेट्रोल मोडेलसरहै भरपर्दो हुने जानकारी गराएको छ।

हुन्डाई नेपालका अनुसार क्रेटा इभी र पेट्रोल मोडेल एउटै प्लेटफर्ममा आधारित भएकोले सर्भिस, पार्ट्स र ब्रान्ड सपोर्ट दुबैमा कुनै भिन्नता छैन ।

कम्पनीले आफ्नो सन्देश देशभर फैलाउन उच्च व्यवस्थापन टोली स्वयं विभिन्न स्थानहरूमा पुगेर ग्राहकसँग प्रत्यक्ष सम्पर्क गरिरहेको छ । बिर्तामोडको कार्यक्रम पनि त्यही अभियान अन्तर्गत भएको हो ।

कार्यक्रममा सहभागी सबैलाई धन्यवाद दिँदै हुन्डाई नेपालले 'सफा र स्मार्ट भविष्य' को यात्रालाई अझ मजबुत बनाउँदै जाने प्रतिबद्धता जनाएको छ ।

Share News