विराटनगर । बजाज मोटरसाइकलको आधिकारिक बिक्रेता हंसराज हुलासचन्द्र एण्ड कम्पनी प्रालिले विराटनगरको महाबिर चोक (धरान रोड)मा 'बजाज ग्रान्ड एक्सचेन्ज मेला' आयोजना गर्ने भएको छ । यही वैशाख २६ गतेदेखि जेठ १ गतेसम्म सञ्चालन हुने मेलामा पुराना बाइक साटेर नयाँ बजाज बाइक सजिलै किन्न सकिनेछ।
नागरिकताको आधारमा मात्र बाइक खरिद गर्न सकिने सुविधा रहेकाे छ । झन्झटिलो कागजी प्रक्रिया बिना नै ग्राहकहरूले ० प्रतिशत सर्भिस चार्ज, अन द स्पट फाइनान्स, निःशुल्क एक्सेसोरिज तथा खुशीको मिटर योजना अन्तर्गत नगद र उपहार जित्ने मौका पाउने छन् ।
पुरानो बाइकको उचित मूल्य सुनिश्चित गर्न काठमाडौंबाट अनुभवी भ्यालुएटरहरू पठाइएको छ । जसले बाइकको मूल्यांकन गरी थप १० हजारसम्मको बोनस भ्यालुएसन दिनेछन् ।
यो मेलाले मोटरसाइकल किन्ने प्रक्रिया अझ सहज र आकर्षक बनाएको छ । लालपुर्जा, बिजुली बिल वा आम्दानी प्रमाणपत्र जस्ता झन्झटपूर्ण कागजात आवश्यक छैन । किस्ताबन्दीमा बाइक किन्ने इच्छुक ग्राहकले १ घण्टाभित्रै ऋण स्वीकृत गराई बाइक प्राप्त गर्न सक्नेछन् ।
बजाज ग्रान्ड एक्सचेन्ज मेलालाई नेपालको सबैभन्दा बृहत् मोटरसाइकल एक्सचेन्ज योजना मानिएको छ । जहाँ ग्राहकहरूले पुराना बाइक साटेर बजाजका नयाँ मोडेलहरूमा सजिलै अपग्रेड गर्न सक्नेछन् ।