त्रिवि अन्तर्राष्ट्रिय सम्बन्ध तथा कूटनीति केन्द्रीय विभाग दर्शनाचार्य संयोजकमा डा रमेश पौडेल नियुक्त

काठमाडौं । त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय सम्बन्ध तथा कुटनीति केन्द्रीय विभागको दर्शनाचार्य तथा विद्यावारिधि कार्यक्रम संयोजकमा डा. रमेश पौडल नियुक्त भएका छन् । दर्शनाचार्य तथा विद्यावारिधि कार्यक्रममा भर्ना भएका चौथो व्याचका विद्यार्थीहरूका लागि स्वागत कार्यक्रममा सह–प्राध्यापक डा. पौडेललाई संयोजक नियुक्त भएका हुन् ।

कार्यक्रममा त्रिभुवन विश्वविद्यालयका उपकुलपति तथा विभागका संस्थापक प्रमुख प्रा.डा खड्ग केसीले विश्वविद्यालय, विभाग र अध्ययनका विभिन्न पक्ष र उदाहरणसहित प्रष्ट पारे । यो विषय देश र अन्तर्राष्ट्रिय परिवेशमा महत्वपूर्ण रहेकाले गुणस्तरीय अध्यापनमा जोड दिए ।

केन्द्रीय विभागको दर्शनाचार्य एवं विद्यावारिधि कार्यक्रमका लागि विभागीय प्रमुख अपेक्षा शाहले विद्यार्थीहरूलाई आवश्यक पर्ने विविध जानकारीका साथ पौडेललाई स्वागत गरिन् । विभागमा अध्यापनरत प्राध्यापकहरूले आ-आफ्नो विषयमा संक्षिप्त जानकारी गराए । null

डा.पौडेलले विद्यार्थीहरूलाई आवश्यक ज्ञान आर्जन गर्नसक्ने अधिकतम राम्रो वातावरणका लागि क्रियाशील रहने वचनबद्धता व्यक्त गरे । साथै, अनुसन्धानात्मक अध्ययनका लागि जोड दिने उनको भनाइ छ । 

Share News