बजाज नेपालको ‘ह्वील्स अफ मेमोरी’ फोटोग्राफी प्रतियोगिता सम्पन्न

काठमाडौं । बजाज नेपालले 'ह्वील्स अफ मेमोरी' फोटोग्राफी प्रतियोगिता सफलतापूर्वक सम्पन्न गरेको छ । 

यो प्रतियोगिताले राइडरहरू मात्र नभई नेपालको समृद्ध सांस्कृतिक पाटोलाई पनि सम्मान गरेको छ । 

प्रतियोगितामा नेपालभरिका बजाज राइडरहरूलाई १२ नेपाली महिनाहरू प्रतिनिधित्व गर्ने तस्बिरहरू सेयर गर्न आग्रह गरिएको थियो ।

प्रतियोगितामा ७० भन्दा बढी सहभागीहरूबाट सिर्जनात्मक, कलात्मक र भावनात्मक तस्बिरहरू प्राप्त भएको छ । तीमध्ये बहुपक्षीय मूल्याङ्कन अनुरूप १२ जना विजेता छनोट गरिएको छ । 

सम्मानस्वरूप यी १२ फोटोग्राफीलाई आगामी बजाज नयाँ वर्ष २०८२ को आधिकारिक क्यालेन्डरमा विशेष स्थान दिइने कम्पनीको योजना छ । 

प्रत्येक विजेताले १० हजार बराबरको गिफ्ट ह्याम्पर पनि जित्नेछन् । विजेता तस्बिरहरू बजाज ग्राण्ड कर्निभल २०८२ मा प्रदर्शन भइरहेको छ ।

कर्निभलमा ग्राहकहरूका लागि आकर्षक अफरहरू छन् । कुनै पनि बजाज बाइक मात्र नागरिकताकै भरमा शून्य सर्भिस चार्जमै खरिद गर्न सकिन्छ । साथै अन द स्पट फाइनान्स सुविधा, निःशुल्क एसेसोरीज र २० भन्दा बढी विज्ञ मूल्यांकनकर्ताहरूबाट ग्यारेन्टी गरिएको उच्चतम मूल्यांकनको व्यवस्था छ । 

नयाँ बाइक खरिदकर्ताहरूले बजाज खुसीको मिटर खेल्ने अवसर समेत पाउनेछन्, जसबाट थप आकर्षक पुरस्कारहरु जित्न सकिन्छ ।

Share News