काठमाडौं । 'गणित भनेको कण्ठस्थ गर्ने होइन, खोज गर्ने विषय हो ।' यही मूल सन्देशसहित आउँदैछ ‘अनम्याथ म्याथ टक’ - एक विशेष अनुभवात्मक गणित कार्यक्रम, जुन वैशाख २७ गते (१) मे, २०२५० शनिबार, इम्बार्क कलेज, पुल्चोक ललितपुर मा आयोजना हुँदैछ ।
मेन्टरल्याब नेपाल र एम्बार्क अनम्याथ प्रालिको सहकार्यमा आयोजना हुने यस कार्यक्रममा कक्षा ५ देखि १० सम्मका विद्यार्थीहरूलाई लक्षित गरी गणित शिक्षालाई रमाइलो, व्यावहारिक र जीवन्त बनाउने प्रयास गरिनेछ ।
कार्यक्रमको नेतृत्व भारत, नेपाल र युएईका हजारौं विद्यार्थीलाई प्रेरित गरिसकेका अन्तर्राष्ट्रिय ख्यातिप्राप्त गणित शिक्षाविद् दिवेश बठीजा ले गर्नेछन् । उनी अनम्याथ स्कूल का सह–संस्थापक समेत हुन् ।
दिवेश बठीजाका अनुसार, 'गणित वास्तविक जीवनसँग जोडिने बित्तिकै विद्यार्थीहरूले यसलाई बुझ्न र रमाउन सुरु गर्छन् ।' कार्यक्रममा सहभागीहरूले गणितसँग सम्बन्धित रोचक गतिविधि, बहस, कथावाचन र अनुभव आदान–प्रदानमार्फत सिकाइलाई रमाइलो बनाउनेछन् ।
कार्यक्रम बिहान ११ः०० बजेदेखि दिउँसो १ः०० बजे सम्म सञ्चालन हुनेछ । सिट संख्या सीमित भएकाले अभिभावक, शिक्षक तथा सरोकारवालाहरूलाई चाँडै दर्ता गर्न आयोजकले आग्रह गरेका छन् ।
दर्ता शुल्क प्रति सहभागी ९९ रूपैयाँ मात्र निर्धारण गरिएको छ ।