साइमेक्स इंकले गर्‍यो देशभर बीवाईडी एक्सचेन्ज क्याम्पेनको घोषणा

काठमाडौं । बीवाईडी अटो इन्डष्ट्रीको नेपालका लागि आधिकारिक वितरक साइमेक्स इंकले देशव्यापी रूपमा बीवाईडी मेगा एक्सचेन्ज क्याम्पेनको घोषणा गरेको छ । 

वैशाख २४ देखि २७ सम्म आयोजना हुने सो अफरअन्तर्गत ग्राहकले विभिन्न मौका पाउने कम्पनीले जनाएको छ ।

मेगा एक्सचेन्ज अवधिमा ग्राहकले आफूसँग भएको कुनै पनि ब्रान्ड वा मोडलको गाडीसँग साटेर बीवाईडी एट्टो ३, बीवाईडी डल्फिन र बीवाईडी एम ६ लिन सक्नेछन् र यसका लागि बेस्ट इन इन्डष्ट्री भ्यालुएसन प्राप्त गर्न सकिने छ । 

क्याम्पेनमा आकर्षक एक्सचेन्ज बोनस, १ वर्षको निःशुल्क अटो प्लस इन्स्योरेन्स, १० वर्षको एक्सटेन्डेड वारेन्टी, ८० प्रतिशत सम्म फाइनान्सिङ र स्पेसल नगद छुट उपलब्ध हुने पनि साइमेक्स इंकले जनाएको छ । 

चार दिने मेगा एक्सचेन्जमा बीवाईडी गाडी बुकिङ गर्ने ग्राहकमध्ये तीनजना लक्की ड्र विजेतालाई आफूले किनेको गाडीमा १२ महिना सम्मको किस्ता निःशुल्क इएमआई उपलब्ध हुनेछ । 

एक्सचेन्ज क्याम्पेन हुने स्थान 

चितवन – बीवाईडी पार्क, चितवन
बुटवल – भेल्भेट लक्स होटल
भैरहवा – बोधी रेडसन 
नेपालगन्ज – बीवाईडी नेपालगन्ज शोरुम
दाङ – माला इन 
धनगढी – होटल रुबस
विर्तामोड – टाइमलेस मोमेन्ट्स होटल
दमक – बीवाईडी शोरुम, दमक
इटहरी – बीवाईडी शोरुम, इटहरी
विराटनगर – बीवाईडी शोरुम, विराटनगर
जनकपुर – बीवाईडी शोरुम, जनकपुर
लहान – बीवाईडी शोरुम, लहान
वीरगन्ज – बीवाईडी शोरुम, वीरगन्ज
पोखरा – रोयल महल बैंक्वेट
ललितपुर – सत्कार फाइन डाइन
पेप्सीकोला – म्याजेस्टिक बैंक्वेट, पेप्सीकोला
कोटेश्वर – रोयल लाउन्ज बैंक्वेट एन्ड रेष्टुरेन्ट
सोल्टीमोड – ल्यान्डमार्क रिसेप्सन
सातदोबाटो – सेल्सबेरी, सातदोबाटो
नक्साल – आम्रपाली बैंक्वेट

 

Share News