नेपालमा लोकप्रिय बन्दै सेरेस ईभी

काठमाडौं । नेपालमा विद्युतीय सवारीसाधन (ईभी) को लोकप्रियता बढ्दै गएको छ । इन्धनको बढ्दो मूल्य, वातावरणीय चिन्ता र विद्युतीय सवारीलाई प्रवर्द्धन गर्ने सरकारी नीतिका कारण पनि यसको प्रयोग बढ्दै गएको हो । 

नेपाली अटो बजार विस्तारै स्मार्ट र ईभीमैत्री बन्दै गएसँगै अटो व्यवसायीहरूले पनि विद्युतीय सवारीमा जोड दिन थालेका छन् । नेपालको अटो क्षेत्रलाई स्मार्ट र दिगो यातायातको नयाँ युगमा प्रवेश गराउनमा महत्त्वपूर्ण योगदान पुर्याउने ईभीमध्ये सेरेस पनि एक हो ।

कम्पनीका अनुसार आकर्षक डिजाइन, एडभान्स फिचरहरू र वातावरणमैत्री प्रविधिका कारण सेरेस इलेक्ट्रिक गाडी नेपाली चालकहरूमाझ लोकप्रिय हुँदै गएको छ । सेरेस स्मार्ट ड्राइभिङ र स्वच्छ ऊर्जामा ध्यानकेन्द्रित गरेको एक विश्वव्यापी इलेक्ट्रिक भेहिकल ब्रान्ड भएको कम्पनीले दाबी गरेको छ ।

कम्पनीका अनुसार नेपालमा यस ब्रान्डका मोडलहरूमध्ये सेरेस थ्री प्रमुख हो, जुन पूर्णतया विद्युतीय एसयुभी हो ।  यसले पर्फर्मेन्स, लक्जरी र आधुनिक प्रविधिलाई एकै साथ प्रस्तुत गर्छ । सेरेस थ्रीले एकपटक चार्ज गर्दा अधिकतम ४०५ किलोमिटरको दूरी तय गर्न सक्छ । जसले यसलाई सहरभित्रका साथै लामो यात्राको लागि पनि उपयुक्त बनाउने कम्पनीको भनाइ छ ।

बलियो ब्याट्री र फास्ट चार्जिंगको सुविधाले चालकहरूलाई ‘रेन्ज’को चिन्ता नगरी यात्रामा केन्द्रित हुन मद्दत गर्ने हुँदा पनि चालकको रोजाइमा सेरेस पर्न सफल भएको हो ।

सेरेस ईभीले आधुनिक र लक्जरियस ड्राइभिङको अनुभव गराउनुका साथै  डिजिटल ड्यासबोर्ड, टचस्क्रिन डिस्प्ले, रिभर्स क्यामेरा, ड्राइभर असिस्टेन्स प्रणाली जस्ता स्मार्ट सुविधाहरूले यो गाडीलाई अझ सुरक्षित र रमाइलो बनाउँने कम्पनीको दाबी छ ।  विशेषगरी प्रविधिमा रुचि राख्ने प्रयोगकर्ताहरूका लागि सेरेस उपयुक्त छनोट हुन सक्छ ।

पेट्रोलियम गाडीभन्दा सस्तो

कम्पनीका अनुसार सेरेस डिजेल वा पेट्रोल गाडीहरूभन्दा सस्तो मूल्यमा ग्राहकले किन्न सक्छन् । ईभी गाडी बिजुलीबाट चल्ने हुँदा प्रति किलोमिटरको हिसाबले सस्तो पर्न जाने कम्पनीले जनाएको छ । कम्पनीका अनुसार इन्धनमा आधारित गाडीहरूभन्दा ईभीहरूमा चल्ने भागहरू कम हुने भएकाले मर्मतसम्भार खर्च पनि कम नै लाग्छ ।

नेपाल सरकारले ईभी प्रयोगलाई प्रोत्साहन गर्न सक्रिय रूपमा लागिपरेको छ । ईभीलाई नेपाली अटो बजारमा थप विस्तार गर्दै लैजानमा केही चुनौतीहरु भने छन् । देशभर चार्जिङ पूर्वाधार निर्माण हुनको लागि सरकारले यसतर्फ पनि ध्यान दिनुपर्ने देखिन्छ ।

साथसाथै विद्युतीय गाडीहरूमा आयात कर कम लाग्ने, पेट्रोल र डिजेल गाडीभन्दा फरक सुविधा दिनुपर्ने देखिन्छ । सरकारले यी कुरामा ध्यान दिन सके सेरेसजस्ता ब्रान्डहरूलाई बजार विस्तार गर्न सजिलो हुने कम्पनीको सुझाव छ । 

Share News