लेमिनार टायल्स्को उत्कृष्टताको अवलोकन र अनुभव अब काठमाडाैंमै गर्न सकिने

काठमाडाैं । देशकै पहिलो र एकमात्रै शतप्रतिशत भिट्रिफाइड टायल, लेमिनार टायल्स्ले काठमाडाैंमा एस्क्लुसिभ फ्ल्यागशिप एक्सपिरियन्स सेन्टरको शुभारम्भ गरेको छ । 

उपप्रधान तथा सहरी विकास मन्त्री प्रकाशमान सिंहले आइतबार एक समारोहबीच औपचारिक उद्घाटन गरे ।

नयाँ घर बनाउन वा घरको पुनः निर्माण गर्न चाहने उपभोक्ता, निर्माणकर्मी, इञ्जिनियर र इन्टेरियर डिजाइनरका साथै टायलबारे रुचि र सरोकार राख्ने जोकुकैको लागि उक्त सेन्टरको खुल्ला भएको कम्पनीले जनाएको छ । 

एकै थलोमा रहेर कम्पनीले उत्पादन गरिरहेको सम्पूर्ण संग्रहहरूका साथै  नेपाली टाइलको नविनता प्रविधिको प्रत्यक्ष अवलोकन र अनुभव लिनको लागि अवसर प्रदान गर्ने उद्देश्यका साथ गैरीधारा, उत्तरढोका अगाडि सेन्टरको स्थापना गरिएको हो ।  

विशेषगरी सातवटा संग्रहमा वर्गीकृत ४०० भन्दा बढी अन्तर्राष्ट्रिय स्तरका डिजाइनहरूलाई प्रदर्शित गर्न चार हजार वर्गफिट क्षेत्रफलमा यो सेन्टर फैलिएको छ।

कुनकुन ठाउँमा लामिनार टायल्स उपयोगी ?

घर तथा व्यावसायिक भवनका भित्री भित्ता तथा भुइँ

शपिङ्ग मल, होटल, शैक्षिक संस्था, विमानस्थल जस्ता उच्च आवतजावतका क्षेत्रहरू

छत, बाल्कोनी, पोखरी, बाथरुम जस्ता पानीको सम्पर्कमा आउने वा भिज्ने तथा खुला क्षेत्रहरू

क्लाडिङ्ग, फसाड, ड्राइभवे र पार्किङका लागि बाहिरी प्रयोगका क्षेत्रहरू

सेन्टरमा ०.०८ प्रतिशतभन्दा कम पानी सोस्ने गुणयुक्त पूर्णतया भिट्रिफाइड टायलहरुलाई प्रदर्शनीमा राखिएका छन् जसले उच्च मजबुती, दीर्घकालीन टिकाउपन, दाग प्रतिरोधी विशेषताका साथ दिगो सौन्दर्यलाई सुनिश्चित गर्नेछन् । 

लुम्बिनी सेरामिक्स् लिमिटेडद्धारा उत्पादित लामिनार टायल्स् बर्दियाको गुलरियास्थित अत्याधुनिक १४ विघा क्षेत्रफलमा अवस्थित उत्पादन केन्द्रमा निर्माण हुन्छ जसको दैनिक उत्पादन क्षमता एक लाख ४० हजार वर्गफिटभन्दा बढी रहेको छ । 
 

Share News