काठमाडौं । काठमाडौं महानगरपालिकाको महानगरअन्तर्गत विद्यालय परिसरमा नेपाली भाषामा संवाद गर्ने विद्यार्थीलाई दण्डित गर्ने वा जरिवाना गर्ने कार्य तत्काल बन्द गर्न निर्देशन दिएको छ ।
सोमबार (आज) महानगरले एक सूचना जारी गर्दै नगरभित्रका सबै सामुदायिक तथा संस्थागत विद्यालयका नाममा परिपत्र गरी निर्देशन दिएको हो ।
शिक्षण सिकाइका माध्यम अंग्रेजी भएका केही विद्यालयले विद्यार्थीले विद्यालय परिसरमा नेपाली भाषामा संवाद गरेमा विद्यार्थीलाई दण्डित गर्ने वा जरिवाना गर्ने कार्य गरेको भन्ने गुनासोप्रति गम्भीर ध्यानाकर्षण भएको सूचनामा उल्लेख गरेको छ ।
