ल्यान्ड रोभरको अमेरिका गाडी निर्यात पुनः सुरु

काठमाडौं । ज्यागुआर ल्यान्ड रोभरले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पद्वारा लगाइएको २५ प्रतिशत ट्यारिफका कारण रोकिएको गाडी निर्यात पुनः सुरु गरेको छ । लन्डनस्थित टाइम्स पत्रिकाले यो जानकारी दिएको हो ।

प्रायः एक महिनापछि अमेरिकी बजारका लागि जेएलआरका गाडीहरू बुधबार बेलायतबाट पठाइएको रिपोर्टमा उल्लेख गरिएको छ । जेएलआरका प्रवक्ताले इमेलमार्फत जारी गरेको विज्ञप्तिमा अमेरिका कम्पनीका लागि एक प्रमुख लक्जरी बजार रहेको जनाएको छ ।

'हामी हाम्रा व्यवसायिक साझेदारहरूसँग नयाँ अमेरिकी व्यापार सर्तहरूलाई सम्बोधन गर्दैछौं । छोटो अवधिका योजनाहरू कार्यान्वयन भइरहेका छन् र मध्यमदेखि दीर्घकालीन रणनीतिहरू निर्माण गर्दैछौं । मे महिनामा वार्षिक नतिजासँगै थप विवरण दिनेछौं,’ विज्ञप्तिमा भनिएको छ ।

भारतको टाटा मोटर्स स्वामित्वमा रहेको जेएलआरले अप्रिलमा बेलायतमा उत्पादित गाडीहरूको अमेरिका निर्यात एक महिनाका लागि रोक्ने निर्णय गरेको थियो । यो निर्णय ट्रम्प प्रशासनद्वारा लागू गरिएको २५ प्रतिशत ट्यारिफको आर्थिक असरलाई मूल्याङ्कन गर्न गरिएको थियो । उक्त ट्यारिफ अप्रिल ३ देखि लागू भएको हो ।

अमेरिकी ट्यारिफका असरलाई कम गर्न राष्ट्रपति ट्रम्पले बिहीबार एक कार्यकारी आदेशमार्फत नयाँ योजना ल्याउने घोषणा गरेका छन् । उक्त आदेशमा आयातित गाडी तथा पार्टपूर्जामा लगाइने अन्य करहरूमा छुट दिइने र केही क्रेडिटहरू उपलब्ध गराइनेछ ।

यसैबीच, बेलायती लक्जरी कार निर्माता एस्टन मार्टिनका प्रमुख कार्यकारी अधिकृत (सीईओ) एड्रियन हेलमार्कले अमेरिकामा ट्यारिफका कारण उत्पन्न खर्च कम्पनी र ग्राहकबीच बाँड्ने योजना बनाइएको बताएका छन् । साथै अमेरिकी स्टक कम गर्दै नयाँ गाडीको निर्यात सीमित बनाइने उनको भनाइ छ ।

बेलायतको गाडी उद्योगमा करिब २ लाख मानिस प्रत्यक्ष रूपमा संलग्न छन् । युरोपेली आयोगपछि अमेरिका बेलायतमा निर्मित गाडीहरूको दोस्रो ठूलो आयातकर्ता हो, जसको हिस्सा झन्डै २० प्रतिशत रहेको बेलायती अटो उद्योग निकाय एसएमएमटीका तथ्यांकले देखाउँछन् ।

मस्क बिनाको टेस्ला, निल्नु न ओकल्नुको अवस्थामा बोर्ड

संकटमा पोर्शेः अमेरिकी कर र चीनको बजार खुम्चिएपछि राजस्व लक्ष्य घटायो

लिगेसी बोकेको पोर्शेलाई पनि चीनमा सकस, विदेशी अटोमेकरका बिक्री धमाधम घट्दै

मार्चमा युरोपमा १४ लाखभन्दा बढी कार बिक्री, ईभीले गर्यो कमाल

भन्सार शुल्कको तनाबबीच 'सावधानीपूर्वक' भारत प्रवेश गर्दै टेस्ला

शाङ्घाई अटो शो : बीवाईडीसहित अन्य कम्पनी आक्रामक रूपमा प्रस्तुत हुँदै, दबाबमा टेस्ला

ट्यारिफको आँधीमा बुइकको स्वप्न यात्रा

ईभीमा कडाइ गर्दै चीन : 'स्मार्ट ड्राइभिङ' र 'स्वायत्त ड्राइभिङ' भन्ने शब्द प्रयोगमा रोक

घाटैघाटामा मस्क, ट्रम्पले चिनियाँ पार्टपुर्जामा कर बढाउँदा टेस्लाको अमेरिकी उत्पादन योजना प्रभावित

ट्यारिफ असर : निसानले अमेरिकामा सबैभन्दा धेरै बिक्री भएको मोडेलको जापानी उत्पादन कटौती गर्ने

२५ प्रतिशत अटो ट्यारिफले अमेरिकी अटो निर्माता कम्पनीलाई थप १०८ अर्ब डलर लागत लाग्ने

साउदीमा टेस्लाको डेब्यू : मरुभूमिको गर्मी, थोरै चार्जिङ स्टेशन र बीवाईडीसँग प्रतिस्पर्धा

 

Share News