कार्ल्सवर्ग गल्फ क्लासिक’ प्रतियोगिता सम्पन्न, लामाले जिते कार्ल्सवर्ग कोपनहेगन ट्रीप

काठमाडौं । कार्ल्सवर्गको आयोजनामा प्रतिष्ठित गोकर्ण फरेस्ट रिसोर्ट गल्फ कोर्समा 'कार्ल्सवर्ग गल्फ क्लासिक' प्रतियोगिता सम्पन्न भएको छ । एकदिवसीय गल्फ  प्रतियोगितामा कुल १०० गल्फरहरूले भाग लिएका छन् ।

प्रतियोगिताका विजेताहरुलाई गोर्खा ब्रुअरीका प्रबन्ध निर्देशक अरुण अधिकारी र गोकर्ण गल्फ क्लबका कप्तान जोसेफ नाथनले पुरस्कार वितरण गरेका थिए ।

'कार्ल्सवर्ग गल्फ क्लासिक’ प्रतियोगिता–२०२५ का विजेतामा ४२ अंकसहित फुन्टसोक एन लामा रहेका छन् । लामाले डेनमार्कको कोपनहेगनस्थित काल्र्सबर्ग ब्रुअरीको ट्रीप पनि पुरस्कार स्वरूप पाए । 

त्यस्तै, ४१ अंकसहित बेस्ट ग्रसको उपाधि टाशी छिरिङले जितेका छन् भने ४० अंकसहित नामग्याल टि लामाले रनरअपको उपाधि जिते ।

त्यसैगरी महिला तर्फ गीता गुरुङले २५ अंकसहित विजेता बनेकी छन् भने सिनियर तर्फ ३३ अंकसहित अर्जुन कुमार कार्की विजयी भए । त्यस्तै, सुस्मिता खड्का महिला तर्फ उपविजेता बनेकी थिइन् । त्यसैगरी छेवाङ शेर्पाले ’ कोल्जेस्ट टु द पिन’ अवार्ड जिते भने प्रकाश गुरुङले 'लङगेस्ट ड्राइभ’ को उपाधि जितेका थिए । 

त्यसैगरी, मोस्ट बर्डिजको उपाधि ५ वर्डिज र एक इगलसहित फुन्टसोक नोर्बु लामाले जितेका थिए । सबै विजेताहरूलाई ट्रफी र कार्ल्सवर्गको तर्फबाट गिफ्ट ह्याम्पर प्रदान गरिएको थियो ।

Share News