‘काईयी एक्सचेन्ज कर्निभल २०८२’ सुरु हुँदै, विद्युतीय गाडीमा छुट

काठमाडौं । विद्युतीय सवारी साधनलाई लोकप्रिय बनाउँदै वातावरणमैत्री यातायाततर्फ जनचासो बढाउने उद्देश्यले काईयी नेपालले ‘काईयी एक्सचेन्ज कर्निभल २०८२’ आयोजना गर्न लागेको छ।

वैशाख २६ देखि २८ गतेसम्म थापाथलीस्थित काईयी शोरूम (हुन्डाई शोरूमको अगाडि) मा आयोजना हुने यो कर्निभलमा ग्राहकले पुराना गाडी साटफेर गर्न सक्ने, विद्युतीय गाडीमा आकर्षक छुट पाउने र विभिन्न उपहार जित्ने अवसर पाउनेछन् ।

कार्यक्रममा काईयी ई–क्युट ०२, ई–क्युट ०४ र एक्स३ प्रो ईभी जस्ता मोडेलमा विशेष नगद छुट, बीमा तथा सडक कर निःशुल्क प्रदान गरिनेछ । साथै, पुराना गाडीको अन–द–स्पट मूल्यांकन गरिनेछ र मूल्यांकन गराउने ग्राहकले सिनेमा हेर्ने दुई टिकट निःशुल्क पाउनेछन् ।

काईयी कर्निभलमा ग्राहकले नयाँ गाडीको अनुभव लिने, परीक्षण ड्राइभ गर्ने, एक्सचेन्ज अफरमा सहभागी हुने र मनोरञ्जनात्मक गतिविधि समेतमा सहभागी हुने वातावरण तयार गरिएको आयोजकले जनाएको छ ।

संगीत, खेलकुद र रमाइलो कार्यक्रमहरूले भरिपूर्ण यो कर्निभल सामान्य किनमेलभन्दा बढी एक उत्सव हुने बताइएको छ ।

काईयी नेपालले यस कर्निभलमार्फत नेपाली उपभोक्तालाई प्रविधिसँगै सुरक्षित, भरपर्दो र किफायती विद्युतीय सवारीतर्फ आकर्षित गराउने विश्वास व्यक्त गरेको छ ।

Share News