नामी गाडी ५.९९ लाखमा, थाइल्याण्ड ट्रिप र आइफोन १६ प्रो म्याक्स जित्ने मौका

काठमाडौं । नेपालका प्रमुख विद्युतीय सवारी साधन ब्रान्डहरू डोङफेङ (नामी) र सेरेसले नयाँ अफरमार्फत देशभरका ग्राहकलाई चकित तुल्याउने ‘प्री बजेट ब्याश’ योजना सार्वजनिक गरेका छन् । वैशाख १८ गतेदेखि २२ गतेसम्म सीमित अवधिका लागि सञ्चालन हुने यो अफर अन्तर्गत, ग्राहकहरूले नामी ब्रान्डको स्टाइलिश गाडी मात्र ५.९९ लाख रुपैयाँमा तथा पावरफुल सेरेस ईभी ८.९९ लाख रुपैयाँमा आफ्नो घर लैजान सक्नेछन् ।

कम्पनीका अनुसार यो अफर देशभरका नामी र सेरेसका आधिकारिक शोरूमहरूमा लागू हुनेछ।  अफर अन्तर्गत ग्राहकहरूले ईभी गाडीहरूको टेस्ट ड्राइभ गर्न, पुराना गाडी साटफेर गर्न मिल्ने एक्सचेन्ज क्याम्प मा सहभागी हुन र नयाँ प्रविधिको अनुभव लिन सक्नेछन् ।

यस अफरमा नामीको गाडीमा अधिकतम १ लाख रुपैयाँसम्म र सेरेसमा २ लाख रुपैयाँसम्मको विशेष लाभ प्रदान गरिनेछ । अझ रमाइलो कुरा त के भने, ग्राहकले गाडी बुक गरेपछि दुई दिनमै छिटो डेलिभरी प्राप्त गर्न सक्नेछन् ।

अफर अवधिभर गाडीको टेस्ट ड्राइभ गर्ने हरेक व्यक्तिलाई विशेष उपहार दिइनेछ । त्यस्तै, गाडी बुक गर्ने ग्राहकहरूले दुई जनाका लागि रोमान्टिक नाइट स्टे प्याकेज जित्ने पक्का अवसर पाउनेछन् ।

अभियानलाई थप रोमाञ्चक बनाउन दुई वटा लक्की ड्र पुरस्कार पनि राखिएको छ । एउटा भाग्यमानी जोडीले थाइल्याण्डको रोमाञ्चक ट्रिप जित्नेछन् भने, टेस्ट ड्राइभमा सहभागी हुनेमध्ये एकजना भाग्यमानीले आइफोन १६ प्रो म्याक्स प्राप्त गर्ने कम्पनीले जनाएको छ ।

‘प्री बजेट ब्याश’ योजना ईभीमा रुचि राख्ने ग्राहकहरूका लागि हरियो भविष्य तर्फको सार्थक कदम हो । अफरको लाभ लिन इच्छुक सबै ग्राहकहरूलाई आफ्नो नजिकको नामी वा सेरेस शोरूममा बैशाख १८ देखि २२ गतेभित्र जान आमन्त्रित गरिएको छ ।

Share News