भारतको किटविश्वविद्यालयमा फेरि अर्की नेपाली छात्राको आत्महत्या, को हुन् उनी ?


काठमाडौं । भारतको उडिसास्थित कलिंग इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) मा फेरि अर्की एक नेपाली विद्यार्थीले आत्महत्या गरेकी छन् । भारतीय सञ्चार माध्यमका अनुसार विश्वविद्यालयको छात्रावासमा उनी आत्महत्या गरेको अवस्थामा फेला परेकी हुन् ।

बीरगञ्जकी एक छात्रा बिहीबार साँझ केआईआईटीको छात्रावास ‘क्विन्स क्यासल-४’ (क्यूसी-४) को चौथो तलामा रहेको आफ्नै कोठामा मृत अवस्थामा फेला परेकी हुन् । 

उनको नाम प्रिशा साह रहेको भारतीय सञ्चार माध्यमले उल्लेख गरेका छन् । उनी केआईआईटीमा कम्प्युटर साइन्स विषयमा अध्ययनरत प्रथम वर्षकी छात्रा थिइन् । 

पन्देहीकी प्रकृति लम्साल गत फागुन ४ मा छात्रावासमा मृत भेटिएकी थिइन् । घटनाको विषयमा भारतीय प्रहरीले अनुसन्धान गरिरहेको बुझिएको छ । 

Share News