काठमाडौं । चाँडो र दीर्घकालीन रूपमा तौल घटाउन चाहनुहुन्छ भने नियमित रूपमा बकुला सिमी आफ्नो आहारमा समावेश गर्नुहोस् । पोषण विज्ञहरूका अनुसार बकुलाको सेवनले न केवल बोसो घटाउँछ, शरीरको मेटाबोलिज्मलाई सक्रिय बनाउँछ, पाचन प्रणाली सुधार गर्छ र प्रतिरक्षा प्रणालीलाई समेत मजबुत बनाउँछ ।
प्रोटिन, फाइबर र आइरनको स्रोत
विशेषज्ञका अनुसार बकुलामा प्रशस्त मात्रामा प्रोटिन, फाइबर र आइरन पाइन्छ । यसको सेवनले पेट भरिएको महसुस गराउँछ, जसले अत्यधिक खाने बानीलाई नियन्त्रण गर्छ । साथै, यसमा पाइने फाइबरले पाचन प्रणालीलाई सन्तुलनमा राख्छ र मेटाबोलिज्म सक्रिय बनाएर तौल घटाउन सहयोग पुर्याउँछ ।
सुपरफूडको रूपमा बकुल्ला
विशेषज्ञहरू बकुलालाई ‘सुपरफूड’ भन्न पछि पर्दैनन् । यसमा हुने प्रोटिनले मांसपेशी बलियो बनाउँछ भने फाइबरले भोक नियन्त्रणमा राख्छ । बकुला खाँदा छिट्टै पेट भरिन्छ र लामो समयसम्म भोक लाग्दैन, जसले अनावश्यक खाजाबाट जोगाउँछ । यसलाई उमालेर, सलादमा वा हल्का तरकारीका रूपमा सजिलै सेवन गर्न सकिन्छ, विशेषगरी शाकाहारीहरूका लागि यो प्रोटिनको उत्तम विकल्प हो ।
मेटाबोलिज्म बढाएर तौल घटाउने सहयोगी
बकुलामा हुने लेप्टिन नामक तत्वले भोक नियन्त्रणमा राख्नुका साथै बोसोलाई ऊर्जामा रूपान्तरण गर्न प्रेरित गर्छ । नियमित रूपमा एक हप्तासम्म यसको सेवन गरेपछि नै तौल घटिरहेको अनुभूति गर्न सकिन्छ । बिहानको नास्ता वा दिउँसोको भोजनमा यसको समावेश सबैभन्दा प्रभावकारी मानिन्छ ।
इम्युन सिस्टम पनि सुदृढ बनाउँछ
बकुल्लामा पाइने जिंक, आइरन, फोलेट र भिटामिन बी कम्प्लेक्सले शरीरको प्रतिरक्षा प्रणाली बलियो बनाउँछन् । यी पोषकतत्वहरूले संक्रमणबाट जोगाउँछन् र सर्दी, खोकी वा मौसमी भाइरल रोगहरूबाट शरीरलाई सुरक्षित राख्छन् । बारम्बार बिरामी पर्ने वा थकान महसुस गर्ने व्यक्तिहरूका लागि बकुलाको सेवन विशेष लाभदायी मानिन्छ ।
पाचन प्रणाली सुधार गर्ने प्रभावकारी उपाय
फाइबरयुक्त बकुल्लाले पाचन प्रणाली सफा गर्न र कब्जियतजस्ता समस्याबाट मुक्ति दिलाउन सहयोग पुर्याउँछ । यसमा पाइने प्रीबायोटिक्सले आन्द्राभित्रका लाभदायक ब्याक्टेरियालाई बढाउँछ, जसले समग्र पाचन प्रणाली सुदृढ बनाउँछ । दैनिक एक सानो कचाैरा बकुला खाँदा पाचनसम्बन्धी सुधार देखिन सक्छ ।
सेवन विधि र आवश्यक सावधानी
बकुलालाई रातभर भिजाएर बिहान हल्का उमालेर सलाद, सुप वा तरकारीको रूपमा खान सकिन्छ । हप्तामा दुईदेखि तीनपटक यसको सेवन पर्याप्त मानिन्छ । तर, जिटपीडी नामक इन्जाइमको कमी भएका व्यक्तिहरूले सेवन गर्नुअघि डाक्टरसँग परामर्श गर्नुपर्छ, किनभने यसले एलर्जी वा अन्य प्रतिक्रिया गराउन सक्छ । सदैव ताजा र गुणस्तरीय बीन्सको प्रयोग गर्नुपर्छ र लामो समयसम्म स्टोर गर्नबाट बच्नुपर्छ । एजेन्सी