काठमाडौं । सरकार र शिक्षकबीच भएको ९ बुँदे सहमतिमा नेपाल विद्यालय कर्मचारी परिषदले विरोध जनाएको छ ।
बुधबार ७ घण्टा लगातार वार्ता गरेर ९ बुँदे सहमति गरेका शिक्षकले आफ्नो मागप्रति वेवास्ता गरेको भन्दै कर्मचारी परिषदले विरोध गरेको हो ।
शिक्षकसँगै लगातार सडकमा बस्दै आएका हुन् ।
शिक्षक महासंघले सरकारसँग गरेको वार्ताको बारेमा जानकारी गराउन बिहीबार दिउँसो मध्यबानेश्वरको रत्नराज्य लक्ष्मी माविमा आयोजना गरेको कार्यक्रममा विद्यालय परिषदका कर्मचारीले विरोध जनाउँदै हो हल्ला गरेका छन् ।
९ बुँदे मागमा विद्यालय कर्मचारीका माग समावेश नगरेको भन्दै परिषदका अध्यक्ष गंगाराम तिवारीले आन्दोलन गर्ने चेतावनी दिए ।
सारा काम छोडेर शिक्षकसँगै होमिएको अवस्थामा आफूमाथि शिक्षकले नै विभेद गरेको भन्दै कर्मचारीले कार्यक्रममा हो-हल्ला गरेका छन् ।