नेपाल फार्मेसी काउन्सिलको अध्यक्षमा प्रज्वलजंग पाण्डे पुनः नियुक्त

काठमाडौं । नेपाल फार्मेसी काउन्सिलको अध्यक्षमा फेरि प्रज्वलजंग पाण्डे नियुक्त भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रीस्तरीय निर्णयबाट पाण्डे पुनः अध्यक्षमा नियुक्त भएका हुन् ।

पाण्डे यसअघि पनि काउन्सिलको अध्यक्षका रूपमा कार्यरत थिए । फार्मेसी विज्ञ रहेका उनलाई सन् २०७७ चैतमा तत्कालीन स्वास्थ्य मन्त्री हृदयेश त्रिपाठीले पहिलोपटक अध्यक्षमा नियुक्त गरेका थिए ।

नेपाल फार्मेसी काउन्सिलको अध्यक्षको कार्यकाल चार वर्षको हुने व्यवस्था छ ।   

Share News