संकटमा पोर्शेः अमेरिकी कर र चीनको बजार खुम्चिएपछि राजस्व लक्ष्य घटायो

शाङ्घाई अटाे शोमा पोर्शेका सीईओ ओलिभर ब्लुमे । फाइल तस्बिर ।

काठमाडौं ।  विश्वप्रसिद्ध स्पोट्र्स कार निर्माता पोर्शेले आगामी आर्थिक वर्षको राजस्व र नाफा पूर्वानुमान घटाएको छ । कम्पनीले चीनमा घट्दो विक्री, विद्युतीय सवारीमा सुस्त रूपान्तरण र अमेरिकाको उच्च ट्यारिफ (२५ प्रतिशत) का कारण भविष्य संकटमा भएको जनाएको हो ।

पोर्शेका अनुसार सन् २०२५ का लागि अब राजस्व ३७ देखि ३८ अर्ब युरो हुने प्रक्षेपण गरिएको छ, जुन पहिले ३९-४० अर्ब युरो थियो । त्यस्तै, नाफा मार्जिन १०-१२ प्रतिशतबाट घटेर अब ६.५-८.५ प्रतिशत मात्र रहनेछ ।

अमेरिकी करको गहिरो असर

पोर्शेले अमेरिकाभित्र कुनै उत्पादन नगरेकाले अमेरिकी आयात करले कम्पनीमा कम्तीमा १० करोड युरो (११५ मिलियन डलर) को घाटा पारेको जनाएको छ । कम्पनीका वित्त प्रमुख योहेन ब्रेक्नरका अनुसार यदि करहरू स्थायी भएमा कम्पनीले मूल्यवृद्धि गर्न सक्छ ।

चीनमा ४२ प्रतिशत गिरावट

सन् २०२५ को पहिलो त्रैमासिकमा चीनमा पोर्शको बिक्री ४२ प्रतिशतले घटेको छ । यसले कम्पनीको कुल आम्दानीमा गहिरो असर पारेको हो । साथै विद्युतीय लक्जरी गाडीहरूमा माग कम हुनु, चिनियाँ ब्रान्डहरूको प्रविधि सुधार र कडा प्रतिस्पर्धाले पोर्शेलाई चुनौती दिएको विश्लेषकहरूले बताएका छन् ।

शाङ्घाईस्थित अटोमोबिलिटी कम्पनीका सीईओ बिल रुसो भन्छन्, 'अब चिनियाँ ग्राहकहरू आफन्तै ब्रान्डप्रति बढी आकर्षित छन् । विदेशी ब्रान्डको प्रभुत्व झन्झन् खुम्चिँदै गएको देखिन्छ ।'

व्यवस्थापनमाथि प्रश्न

लगातारको प्रदर्शन गिरावटपछि लगानीकर्ताहरू र विश्लेषकहरूले पोर्शेको व्यवस्थापनमा फेरबदलको माग गरेका छन् । यूबीएस र डोएच बैंकका विश्लेषकहरूले पोर्शे र फक्सवागन दुवैको सीईओ रहेका ओलिभर ब्लुमेको दोहोरो भूमिकामाथि प्रश्न उठाएका छन् ।

ब्याट्री उत्पादन विस्तार पनि रोकियो

पोर्शले आफ्नो सेलफोर्स सहायक कम्पनीमार्फत उच्च प्रदर्शन ब्याट्री उत्पादन विस्तार गर्ने योजना पनि तत्काल रोक्ने निर्णय गरेको छ । चीनमा विद्युतीय लक्जरी गाडीको माग घटेकाले कम्पनीले उत्पादन रणनीति पुनर्विचार गरेको जनाएको छ ।

सेयर मूल्य पनि ओरालो

मंगलबार पोर्शेको सेयर मूल्य फ्र्याङ्कफर्ट स्टक एक्सचेन्जमा ६.४ प्रतिशतले गिरावट आयो । कम्पनीको सेयर मूल्य यस वर्ष मात्र २५ प्रतिशतले घटिसकेको छ ।

पोर्शेजस्तो विश्वस्तरको लक्जरी कार ब्रान्डसमेत ग्लोबल व्यापार युद्ध, टेक्नोलोजी ट्रेन्डको सुस्त गति र बजार प्रतिस्पर्धाले कसरी प्रभावित हुन्छ भन्ने सजीव उदाहरण यो घटना बनेको छ ।

लिगेसी बोकेको पोर्शेलाई पनि चीनमा सकस, विदेशी अटोमेकरका बिक्री धमाधम घट्दै

मार्चमा युरोपमा १४ लाखभन्दा बढी कार बिक्री, ईभीले गर्यो कमाल

भन्सार शुल्कको तनाबबीच 'सावधानीपूर्वक' भारत प्रवेश गर्दै टेस्ला

शाङ्घाई अटो शो : बीवाईडीसहित अन्य कम्पनी आक्रामक रूपमा प्रस्तुत हुँदै, दबाबमा टेस्ला

ट्यारिफको आँधीमा बुइकको स्वप्न यात्रा

ईभीमा कडाइ गर्दै चीन : 'स्मार्ट ड्राइभिङ' र 'स्वायत्त ड्राइभिङ' भन्ने शब्द प्रयोगमा रोक

घाटैघाटामा मस्क, ट्रम्पले चिनियाँ पार्टपुर्जामा कर बढाउँदा टेस्लाको अमेरिकी उत्पादन योजना प्रभावित

ट्यारिफ असर : निसानले अमेरिकामा सबैभन्दा धेरै बिक्री भएको मोडेलको जापानी उत्पादन कटौती गर्ने

२५ प्रतिशत अटो ट्यारिफले अमेरिकी अटो निर्माता कम्पनीलाई थप १०८ अर्ब डलर लागत लाग्ने

साउदीमा टेस्लाको डेब्यू : मरुभूमिको गर्मी, थोरै चार्जिङ स्टेशन र बीवाईडीसँग प्रतिस्पर्धा

Share News