उच्च शिक्षा सुधारका लागि अन्तर्देशीय शिक्षामा ध्यान केन्द्रित गर्न सुझाव

काठमाडौं । ब्रिटिस काउन्सिल नेपालले अन्तर्देशीय शिक्षा (ट्रान्सनेशनल एजुकेसन-टीएनइ) को वर्तमान अवस्था र सम्भावनाबारे केन्द्रित अनुसन्धान प्रतिवेदन सार्वजनिक गरेको छ। प्रतिवेदनले नेपालमा टीएनइ विस्तार गर्दा देखिने अवसर, चुनौती र आवश्यक नीतिगत सुधारहरूबारे महत्वपूर्ण सुझावहरू प्रस्तुत गरेको छ ।

काठमाडौंमा आयोजित कार्यक्रममा प्रतिवेदन सार्वजनिक गर्दै ब्रिटिस काउन्सिल नेपालका कन्ट्री डाइरेक्टर रुस्तम मोदीले नेपालको उच्च शिक्षामा गुणस्तर, पहुँच र नवप्रवर्तनलाई सुदृढ गर्न टीएनइको भूमिका प्रभावकारी हुने बताए ।

कार्यक्रममा नेपालका लागि बेलायती राजदूत रोब फिन, दक्षिण एसियाका क्षेत्रीय निर्देशक हेलेन सिल्भेस्टर, शिक्षा क्षेत्रका विज्ञ, नीति निर्माता, शिक्षक तथा सरोकारवाला व्यक्तिहरूको उपस्थिति थियो ।

प्रतिवेदनले नीति सरलीकरण, गुणस्तर प्रत्याभूति संयन्त्र सुदृढीकरण, पाठ्यक्रम अद्यावधिक, शैक्षिक पहुँचमा रहेका असमानता न्यूनीकरण, र स्थानीय सन्दर्भअनुसार शिक्षण मोडल विकास गर्न सिफारिस गरेको छ ।

यसअघि पहिलो सम्मेलन जुम्लामा सम्पन्न गरिएको थियो भने, प्रतिवेदनको पूरा पाठ ब्रिटिस काउन्सिलको वेबसाइटमा उपलब्ध छ ।

Share News