कृषि विकास बैंकले बोलायो चैत ३१ गते साधारणसभा, चैत १२ देखि बुक क्लोज

<p>काठमाडौं । कृषि विकास डेभलपमेन्ट बैंकले आगामी चैत ३१ गते कम्पनीको वार्षिक साधारणसभा बोलाएको छ । सो प्रयोजनको लागि चैत १८ गतेदेखि चैत ३१ गतेसम्म कम्पनीको बुक क्लोज रहने बैंकले जनाएको छ । उक्त सभामा बैंकले गत वर्षको नाफाबाट सेयरधनीलाई २१ दशमलब ०५३ प्रतिशत लाभांश दिने प्रस्ताव लैजाँदै छ । बैंकले २० प्रतिशत बोनस र [&hellip;]</p>

काठमाडौं । कृषि विकास डेभलपमेन्ट बैंकले आगामी चैत ३१ गते कम्पनीको वार्षिक साधारणसभा बोलाएको छ । सो प्रयोजनको लागि चैत १८ गतेदेखि चैत ३१ गतेसम्म कम्पनीको बुक क्लोज रहने बैंकले जनाएको छ ।

उक्त सभामा बैंकले गत वर्षको नाफाबाट सेयरधनीलाई २१ दशमलब ०५३ प्रतिशत लाभांश दिने प्रस्ताव लैजाँदै छ । बैंकले २० प्रतिशत बोनस र कर प्रयोजनको लागि एक दशमलब ०५३ प्रतिशत नगद गरि सो मात्रामा लाभांश दिने प्रस्ताव गरेको छ ।

हाल कम्पनीको चुक्ता पूँजी ५ अर्ब ९० करोड रुपैयाँ रहेको छ । २० प्रतिशत बोनस पश्चात बैंकको पूँजी ७ अर्ब ८ करोड रुपैयाँ पुग्ने छ । बुधबार बैंकको सेयर प्रतिकित्ता ४९२ रुपैयाँमा किनबेच भइरहेको छ ।

Share News