आतङ्ककारी हमलापछि नेपाल–भारत सीमा क्षेत्रमा कडा निगरानी

काठमाडौं । भारतको जम्मु कश्मीर राज्यको पहलगाममा भएको आतङ्ककारी हमलापछि नेपाल-भारत सीमा क्षेत्रमा निगरानी बढाइएको छ । 

खुला सीमाका कारण कुनै किसिमका अवाञ्छित गतिविधि हुन नदिन निगरानी बढाइएको सुनसरी प्रमुख जिल्ला अधिकारी धर्मेन्द्रकुमार मिश्रले जानकारी दिए ।

सुनसरी जिल्लाको बर्जु, हरिनगर र कोसी गाउँपालिकामा पर्ने नेपाल-भारत सीमा क्षेत्रको निरीक्षण गर्नुका साथै सुरक्षा सतर्कता बढाइएको उनले बताए । 

सशस्त्र प्रहरी, नेपाल प्रहरी र भारतीय सीमा सुरक्षा बल एसएसबीसहितको टोलीले संयुक्त गस्ती गर्नुका साथै सीमा क्षेत्र भएर आवतजावत गर्ने मानिसलाई जाँच गरेर मात्र आवतजावत गर्न दिएको सशस्त्र प्रहरी उपरीक्षक निर्मलकुमार थापाले जानकारी दिए । 

Share News